बिहिबार, फाल्गुन १०, २०८०
Thu, February 22, 2024

7 महिनामा 4 लाखभन्दा...

काठमाण्डाै - साउनदेखि माघसम्मको सात महिनामा ४ लाखभन्दा धेरै नेपाली कामको लागि विदेश...

शेयर बजार घट्यो

काठमाण्डौ – शेयर बजार लगातार चौथो दिन आज पनि घटेको छ । ...

विराटनगर जुट मिल्समा आगलागी,...

विराटनगर जुट मिल्समा मंगलवार राति लागेको आगोले २० लाख बराबरको क्षति भएको...

देशभर मौसम बदलीरहेको छ...

अहिले देशैभरको मौसम बदली भएर केही ठाउँमा पानी परिरहेको छ । मौसम पूर्वानुमान...
10.1 C
Kathmandu
16 C
Birgunj

जीवनमा सकारात्मक उर्जा कसरी ल्याउने ? यी तरिकाहरु अपनाउनुहोस् !

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौ । हामीमध्ये धेरैले नराम्रो बानी छोडेर राम्रो बानी अपनाउन अल्छी मान्छौं । यसो गर्ने मानिस असफल हुन्छन् अनि कुनै पनि काममा सक्रिय रहँदैनन् । तर तपाईंले राम्रो बानी अपनाउनुभयो भने अघि बढ्न सहज हुन्छ र तपाईंमा सकारात्मकता र ऊर्जा आउँछ ।

- Advertisement -

-सधैं गम्भीर हुनुभन्दा हाँस्नु र मुस्कुराउनु राम्रो बानी हो । यसले तपाईं निराशा र तनावबाट बचाउँछ । अनुहारमा मुस्कान हुँदा आधा समस्याहरू समाधान हुन्छ । त्यसैले कठिन परिस्थितिमा पनि मुस्काउने प्रयास गर्नुस् ।

-बिहान खाली पेट पानी पिउने बानी बसाउनुस् । यसले तपाईंलाई ऊर्जा दिन्छ र पाचनप्रणालीलाई राम्रो बनाउँछ । यो सजिलो बानी हो र यसबाट धेरै लाभ हुन्छ ।

- Advertisement -

-जिन्दगी भनेको सधैंको सिकाइ हो । सिक्नलाई कहिल्यै अल्छी नगर्नुस् । प्रत्येक चुनौती स्वीकार गर्नुस् । यसो गर्दा तपाईं मच्योर हुनुहुनेछ ।

-बहाना बनाएर काम टार्ने नगर्नुस् । यसरी काम टार्ने बानी बन्दा सफलता तपाईंबाट टाढा भाग्छ । कुनै काम गाह्रो भएमा बहाना बनाउनुको साटो कोशिश गरिरहनुस् ।

-तपाईंसँग भएको कुरामा नै खुशी हुन सिक्नुस् । दिनभरि भोगेको कुरालाई याद गरेर राति सुत्ने बेलामा तिनीहरूप्रति आभार प्रकट गर्नुस् । यसो गर्दा तपाईं सकारात्मक विचारले भरिनुहुनेछ ।

-संगीत सुन्ने बानी बसाउनुस् । संगीत सुन्दा आनन्द मात्र पाउने हैन, यसले ध्यानको पनि काम गर्छ । संगीतले तपाईंलाई ऊर्जा दिन्छ र तपाईं तनावबाट मुक्त हुनुहुन्छ ।

-खानामा कहिल्यै लापरवाही नगर्नुस् । समयमा उचित खाना नखाँदा बिरामी परिन्छ । स्वास्थ्य खराब पार्ने जंक फूडहरू नखानुस् ।

-कविता, चित्रकला, स्विटर बनाउने, डायरी लेख्ने, नयाँ मान्छेसँग भेट्ने लगायतका जुनसुकै भएपनि बानी बनाउनुस् । यसले गर्दा तपाईंको मन काममा लाग्छ । तपाईंको सिर्जनात्मकता देखिने काम गर्दा खुशी प्राप्त हुन्छ । आफ्नो कला पनि अरूलाई देखाउनुस् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार