बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

१० दलीय गठबन्धनका उम्मेदवार रामसहाय यादवविरुद्ध उजुरी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ । १० दलीय गठबन्धनकाे तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार रहेका जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेको छ । यादवको उम्मेदवारी संविधान र कानुनविपरीत रहेको दाबी गर्दै नेकपा (एमाले)का सांसद महेश बर्तौलासहितले शनिबार नयाँबानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी पेस गरेका हुन् ।

- Advertisement -

“राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १६ (५)ले उपराष्ट्रपतिका लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सोभन्दा फरक लिङ्ग वा समुदायको व्यक्ति मनोनयन गर्नुपर्ने व्यवस्था गरेको छ”, उजुरीमा भनिएको छ । राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा महिला हुनुपर्ने सांसद बर्तौलाकाे भनाइ छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत ९ दलको समर्थनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेल राष्ट्रपतिमा निर्वाचित भइसकेका छन् ।

- Advertisement -

अब आगामी चैत ३ मा उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । नौ दलीय गठबन्धनमा रहेको जसपालाई उपराष्ट्रपति दिने सहमतिअनुसार यादवको उम्मेदवारी दर्ता गरिएको हो । उम्मेदवारको नाम फिर्ता र अन्तिम नाम प्रकाशन आज आइतबार हुँदैछ ।

उपराष्ट्रपतिमा सत्तारुढ दलहरूकै गठबन्धनबाट तीन जना र एमालेको एक गरी चार जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालबाट दुई र जनमत पार्टीबाट एक गरी तीन जनाको उम्मेदवारी परेको छ ।

जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता भएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -