सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
11 C
Kathmandu
11 C
Kathmandu
18.2 C
Birgunj

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ आज

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण कार्यक्रम आज सोमवार हुँदैछ ।

- Advertisement -

सोमवार दिउँसो १ बजे शीतल निवासमा तय गरिएको छ ।
शपथ लिनुअघि पौडेलले नेपाली कांग्रेसको सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनको समर्थनमा पौडेल राष्ट्रपति निर्वाचित भएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति भवन शीतल निवासमा शीर्ष राजनीतिक नेतृत्वसँग सामूहिक भेट गरेकी छन् ।

- Advertisement -

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख राजनीतिक दलका प्रमुखहरूसँग राष्ट्रपति भण्डारीले सामूहिक भेटघाट र चियापान गरेकी हुन् । भेटघाटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत नेताहरू सहभागी थिए ।

राष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल पूरा गर्न सहयोग गर्ने विभिन्न कार्यकालका प्रधानमन्त्रीहरू, राजनीतिक नेतृत्व र सम्बद्ध सबैलाई धन्यवाद दिएकी थिइन् भने शीर्ष नेताहरूले उनको कार्यकाल सफलतापूर्वक पूरा भएकोमा बधाई दिएका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -