सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
11 C
Kathmandu
11 C
Kathmandu
18.2 C
Birgunj

ममता झाको साथ छाड्ने लोसपाको संकेत

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०२ चैत । लोकतान्त्रिक समाजवादी पार्टीले जनमत पार्टीका उपराष्ट्रपतिका उम्मेदवार ममता झाको साथ छाड्ने संकेत गरेको छ ।

- Advertisement -

जनमत पार्टीको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनेकी ममता झाको समर्थक र प्रस्तावक लोसपा बनेको छ । तर अहिले ममता झाको साथ छाड्ने संकेत गरेको छ । लोसपाका वरिष्ठ नेताले शरतसिंह भण्डारीले उपराष्ट्रपतिको विषयमा सत्ता गठबन्धनले जे निर्णय गर्छ त्यसैलाई मानेर अगाडि बढ्ने बताए ।

सत्ता गठबन्धनको बुधवारदेखि सुरु भएको बैठकले जनता समाजवादी पार्टी नेपालको तर्फबाट उपराष्ट्रपति बनेका रामसहाय यादवलाई साझा उम्मेदवार बनाउने विषयमा छलफल सुरु गरेको छ । यद्यपि हिजोको बैठकमा जनमत पार्टीको अडानका कारण सहमति हुन सकेन । आज पुनः छलफल हुने भनिएको छ । ग

- Advertisement -

ठबन्धनबाट दुईजना उम्मेदवार भएपनि एकजनालाई साझा उम्मेदवार बनाउनुपर्ने नेता भण्डारीले बताए । गठबन्धनले एउटै उम्मेदवार तय गर्ने प्रयासमा छ । गठबन्धनको निर्णयका आधारमा लोसपा अगाडि बढ्ने उनले बताए ।

परस्थितिअनुसार लोसपा ममता झाको समर्थक तथा प्रस्तावकमा बसेको बताउँदै नेता भण्डारीले भने, ‘राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने मान्यतामा हामी थियौं, संविधानको स्प्रिट पनि त्यही थियो । संविधानको धारा ३८ (४) मा समावेशी समाुनपातिकको कुरा गरेको छ, त्यसआधारमा महिला हुनुपर्छ भनेर नै हामीले ममता झालाई समर्थन गर्यौं तर अब त्यस विषयमा छलफल गर्ने भएका कारण गठबन्धनको निर्णयको आधारमा अगाडि बढ्छौं’, उनले भने, ‘दुईटा उम्मेदवारमध्ये एउटालाई निस्कृय गर्ने कुरा छ, आज त्यसलाई टुंगो लगाउँछ ।’

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!

ताजा समाचार

थप समाचार

- Advertisement -