शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
13.8 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

ट्रयाक्टर चालकमाथि छुरा प्रहार, ३ जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०४ चैत । धनुषामा शुक्रबार एकजना ट्रयाक्टर चालकमाथि छुरा प्रहार भएको छ । जिल्लाको बडहरी खोलामा बालुवा लिन गएका बेला मिथिला नगरपालिका ९ का ट्रयाक्टर चालक पवनकुमार महतोमाथि छुरा प्रहार भएको हो । महतोमाथि पाँच जनाको समूहले पैसा मागेका थिए । महतोले पैसा नदिएपछि आक्रमण भएको प्रहरीले जानकारी दिएको छ ।

- Advertisement -

उनीहरुले ट्रयाक्टर चालक महतोसँग बेगाडारस्थित होराइजन स्कुल नजिक ट्रयाक्टर रोकेर पैसा मागेका थिए । गम्भीर घाइते भएका महतोको जनकपुरधामस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको र उनको अवस्थामा सुधार हुँदै गएको प्रहरीले जनाएको छ । महतोको अहिलेसम्म पाँचवटा अप्रेसन भइसकेको उनको पारिवारिक श्रोतले बताएको छ ।

महतोसँग सोही ठाउँका २५ वर्षीय निरज लामा, ३४ वर्षीय रितेश लामा, २५ वर्षीय निसान लामा, २२ वर्षीय किसन लामा र २९ वर्षीय सुनिल लामाले छुरा प्रहार गरेको प्रहरीको दावी छ । छुरा प्रहार गरेर भागेका पाँच जनामध्ये तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।

- Advertisement -

घटनामा संलग्न भएको आरोपमा निरज लामा, रितेश लामा र किसन लामालाई पक्राउ गरी थप अनुसन्धान थालिएको गौतमले बताए । दुईजनाको खोजी भइरहेको उनले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -