सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
11 C
Kathmandu
11 C
Kathmandu
18.2 C
Birgunj

घनश्याम भुसाल बने एकीकृत समाजवादीको महासचिव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०५ चैत । नेकपा एकीकृत समाजवादीले महासचिवमा घनश्याम भुसाललाई मनोनयन गरेको छ। आइतबार बसेको सचिवालयको बैठकले भुसाललाई महासचिवको जिम्मेवारी दिएको उपमहासचिव जगन्नाथ खतिवडाले बताए। यसअघिका महासचिव बेदुराम भुसाललाई भने उपाध्यक्ष बनाइएको उनले बताए।

- Advertisement -

गत निर्वाचनअघि घनश्याम एमाले परित्याग गरी स्वतन्त्र हैसियतमा निर्वाचनमा होमिएका थिए। निर्वाचनमा पराजित भएका उनी पुस २९ मा एकीकृत समाजवादी प्रवेश गरेका थिए। एकीकृत समाजवादीमा प्रवेश गरेका भुसाल गत पुस ३० गते केन्द्रीय सचिवालय सदस्यमा मनोनित भएका थिए। माधवकुमार नेपालले एमाले विभाजन गरेको डेढ वर्षपछि भुसाल समाजवादीमा प्रवेश गरेका थिए।

प्रवेशको डेढ महिनामै उनले महासचिवको जिम्मेवारी पाएका छन्। यस्तै बैठकले पार्टीका ४ जना केन्द्रीय उपाध्यक्षहरू घनेन्द्र बस्नेत, केदार न्यौपाने ,धर्मनाथ प्रसाद शाह र केशवलाल श्रेष्ठलाई पार्टीको केन्द्रीय सचिवालयमा सर्वसम्मत मनोनयन गरेको छ। अब समाजवादी केन्द्रीय सचिवालयको संख्या १९ पुगेको छ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!

ताजा समाचार

थप समाचार

- Advertisement -