शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
26.6 C
Kathmandu
28.2 C
Kathmandu
41.8 C
Birgunj

रौतहटको जनज्योति क्याम्पसमा नेविसंघको प्यानल विजयी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,०६ चैत । रौतहटको चन्द्रपुरस्थित बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाली कांग्रेसनिकट नेविसंघका संगम श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ १ हजार ३ मतका साथ विजयी भएका हुन् ।

- Advertisement -

उनका निकटतम प्रतिद्वन्द्वी प्रगतिशिलका राधेश्याम बैठाले १ सय ६५ मत प्राप्त गरेका छन् । उक्त क्याम्पसमा नेविसंघको प्यानल नै विजयी भएको हो । श्रेष्ठ दोस्रो कार्यकालका लागि चुनिएका छन् । राति अबेरसम्म मतगणना भएको थियो ।

स्ववियु निर्वाचनमा सचिवमा नेविस‌ंघकै मोहम्मद नौसार आलम ९ सय ६१ मत ल्याई विजयी भएका छन् । कोषाध्यक्षमा नेविसंघकै संगीताकुमारी चौधरीले ९ सय ५२ मत ल्याई विजयी भइन् । जिल्लाको एकमात्र स्वतन्त्र विद्यार्थी युनियनको मान्यता पाएको जनज्योति बहुमुखी क्याम्पसमा सभापति पदमा नेविसंघका श्रेष्ठ, समाजवादीका आशिष लामा र प्रगतिशीलको तर्फबाट बैठा चुनावी मैदानमा थिए ।

- Advertisement -

लामाले ७५ मतमात्र पाए । निर्वाचन समितिका अनुसार कूल मतदाताको ६४.८ प्रतिशत अर्थात् १ हजार ३ सय ६ मत खसेको छ । समितिका अनुसार नेविसंघको प्यानलले जित हासिल गरेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -