शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
26.6 C
Kathmandu
25.1 C
Kathmandu
38.2 C
Birgunj

ठेकदारले राजस्व नबुझाएपछि कोहल्वी नगरपालिकाद्वारा उत्खनन बन्द

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,०६ चैत । नदीजन्य पदार्थ उत्खनन गरेबापत ठेकदार कम्पनीले दोस्रो किस्ताको राजस्व रकम नबुझाएपछि कोहल्वी नगरपालिकाले खोला उत्खनन बन्द गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको जेठ मसान्त सम्मको लागि बकैया खोलाबाट गिटी, ढुङ्गा, बालुवा उत्खनन गर्न ४ करोड १ हजार खोलाको ठेक्का लगाएको थियो ।

- Advertisement -

फागुन मसान्त भित्र बुझाउनुपर्ने किस्ताको राजस्व रकम नबुझाएपछि नगरपालिकाले चैत ३ गतेदेखि खोला बन्द गराएको हो । ‘ठेकदारले राजस्व रकम जम्मा नगरेसम्म खोला खन्ने अनुमति दिँदैनौ बरु नगरपालिकाले आफैले खोला उत्खनन गर्छ’ कोहल्वी नगरपालिका प्रशासकीय प्रमुख मोहम्मद साविरले भने ।

नगरपालिकाले प्रसाईँ निर्माण सेवा प्रा.लि, रियन्स निर्माण सेवा प्रा.लि, सिद्धार्थ निर्माण सेवा प्रा.लि, राम दुलारी कन्स्ट्रक्सन प्रा.लि.जेभी कम्पनीसँग नदीजन्य पदार्थ उत्खनन गर्न सम्झौता गरेको हो । ठेकदार कम्पनीले दोस्रो किस्ताको राजस्व रकम र नबुझाएको र बैंक धरौटी समेत नराखेपछि नगरपालिकाले कारबाही पक्रिया अगाडी बढाएको प्रशासकीय प्रमुख साविरले बताए ।

- Advertisement -

नगरपालिकाले चालु आर्थिक वर्षको लागि ५७ लाख ११ हजार ८३५ घन फिट नदीजन्य पदार्थको न्यूनतम ठेक्का सकार रकम ३ करोड ९९ लाख ८२ हजार ८४८ रुपैयाँ ६९ पैसा तोकेको थियो ।

बाराको १६ वटा पालिका मध्ये नदीजन्य पदार्थ उत्खनन गर्ने कोहल्वी नगरपालिका बाहेक जितपुरसिमरा र निजगढ नगरपालिकाले चालु आर्थिक वर्षको लागि आफैले खोला खन्ने निर्णय गरेको छ । नदीजन्य पदार्थको ठेक्का वर्षेनी विवादमा परेपछि पालिका आफैले कार्यविधि बनाएर उत्खनन गर्ने निर्णय गरेका हुन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -