बीरगन्ज,८ चैत – जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पकहामैन गाउँपालिकाको वडा नं. ३ पकहाँ र विन्दवासनी गाँउपालिका वडा नं. ४ अमरपट्टीमा विभिन्न स्थानमा अबैध रुपमा संचालनमा रहेको घरेलु मदिरा उत्पादन गर्ने भठ्ठीहरु नष्ट गरेको छ ।
प्रहरीलाई बिभिन्न ठाउँमा अवैध मदिरा उत्पान गर्ने भठी संचालन तथा बिक्री वितरण गरिरहेको प्राप्त भएको सूचनाको अधारमा पुगेको प्रहरी टोली सो मदिरा भठीहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले ,जनाएको छ ।
टोली पकहाँ र बिन्दवासिनी गरी ७ वटा मदिरा भठ्ठी, ७ हजार लिटर कच्चा पदार्थ र १ एक हजार लिटर तयारी घरेलु मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।