नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ। जसमा २.२ प्रतिशत अर्थात् ६ लाख ६१ हजार ६०९ जना अपाङ्गता रहेका छन्।
शारीरिक अपाङ्गता कुल ३७.१ प्रतिशत रहेको छ। जसमा ४०.३ प्रतिशत पुरुष र ३३.५ प्रतिशत महिला छन्।
त्यसैगरी न्यून दृष्टियुक्त १७.१ प्रतिशतमा महिला १९.२ र पुरुषको संख्या १५.३ प्रतिशत, दृष्टिविहीन ५.४ प्रतिशत रहेकोमा पुरुष ५.१ प्रतिशत र ५.८ प्रतिशत महिला, बहिरोपन ७.९ प्रतिशत रहेकोमा पुरुष ८.३ प्रतिशत र महिला ७.७ प्रतिशत रहेका छन्।
मनोसामाजिक अपाङ्गता ४.३ प्रतिशत रहेकोमा ४.३ प्रतिशत पुरुष र ४.४ प्रतिशत महिला, न्यून श्रवणशक्ति ८ प्रतिशत रहेकोमा ७.७ प्रतिशत पुरुष र ८.३ प्रतिशत महिला, बहिरोपन एवं दृष्टिविहीन १.६ प्रतिशत रहेकोमा १.६ प्रतिशत रहेकोमा १.५ प्रतिशत पुरुष र १.६ प्रतिशत महिला, बौद्धिक अपाङ्गता १.८ प्रतिशत रहेकोमा पुरुष १.७ प्रतिशत र महिला १.७ प्रतिशत, अनुवंशीय रक्तस्राव (हेमोफेलिया) ०.८ प्रतिशत रहेकोमा ०.७ प्रतिशत पुरुष र ०.९ प्रतिशत महिला रहेका छन्।
अटिजम अपाङ्गता ०.८ प्रतिशत रहेकामा ०.६ प्रतिशत पुरुष र ०.९ प्रतिशत महिला र बहुअपाङ्गता ८.९ प्रतिशत रहेकोमा ८.८ प्रतिशत पुरुष र ९ प्रतिशत महिला अपाङ्गता छन्।