बीरगन्ज,१० चैत । पर्सामा बाघको आक्रमणबाट एक जना गम्भिर घाइते भएका छन् । आक्रमणबाट पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ का सुदामा महतो गम्भिर घाइते भएका हुन् ।
दाउराको लागी जंगल पसेका महतोलाई बाघले आक्रमण गरेको हो । आक्रमणबाट गम्भिर घाइते भएका महतोलाई उपचारको लागि बीरगन्ज स्थित नारायणी अस्पतालमा ल्याइएको छ ।
वडा नम्बर २ का स्थानियहरुले उनको स्वस्थय गम्भिर हुँदै गएपछि एम्बुलेन्सको व्यवस्थागरी थप उपचारका लागि बीरगन्ज पठाएका हुन् ।