मङ्लबार, बैशाख ११, २०८१
Tue, April 23, 2024

जनसंख्या विकास सम्बन्धी सम्मेलनमा...

काठमाडौं,११ वैशाख । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव जनसंख्या सम्बन्धी सम्मेलनमा...

औषधिमा प्रयोग हुने केमिकल...

धादिङ,११ वैशाख । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख...

बारामा वरिष्ठ सईले बोकेको...

बारा,११ वैशाख । इलाका प्रहरी कार्यालय अमलेखगन्जका वरिष्ठ सईले बोकेको अटोमेटिक पेस्तोल गायब...

मलेसियामा दुईवटा हेलिकप्टर आकाशमै...

क्वाललम्पुर,११ वैशाख । मलेसियामा नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेका...
29.1 C
Kathmandu
41.1 C
Birgunj

लाजेहाङको मृत्युबारे छानबिन गर्न सरकारद्वारा समिति गठन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,११ चैत सरकारले कोशी प्रदेशको नामकरणबारे जारी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिनका लागि सरकारले एक समिति गठन गरेको छ । सरकारले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

- Advertisement -

पहिचान पक्षधरहरुले प्रदेशको नाम कोशी राखेको विरुद्धमा भएको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट घाइते भएका पदम लिम्बू ‘लाजेहाङ’को मृत्यु भएको भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनका कार्यक्रमले सिङ्गो देशको ध्यानाकर्षण गरेको र सो विषयमा संवेदनशील भएको अवस्थामा सडक आन्दोलनका कार्यक्रम छोडेर संवादमा सहभागी बन्न पनि आन्दोलनरत पक्षलाई आग्रह गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले प्रदेश नामाङ्कन संयुक्त सङ्घर्ष समितिको ब्यानरमा आन्दोलनको नेतृत्व गरिरहेका नेपाल आदिवासी जनजाति महासङ्घ, किरात राई यायोक्खा, किरात याक्थुम चुम्लुङ, नेपाल शेर्पा सङ्घ, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, किरात धर्म तथा साहित्य उत्थान मञ्च लगायतका सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधिसँग शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए ।

- Advertisement -

सो अवसरमा सरकारका तर्फबाट सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेल, नेपाल सरकारका मुख्यसचिव शङ्करदास वैरागी र गृहसचिव विनोदप्रकाश सिंह थिए । ण्

प्रधानमन्त्री प्रचण्डले आन्दोलनका क्रममा भएको लिम्बूको निधनप्रति दुःख प्रकट गर्दै घटनाबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने, शहीद घोषणा र पीडित परिवारलाई राहत प्रदान गर्न आवश्यक पहल गर्ने तथा प्रादेशिक नामकरणको विषयमा राजनीतिक तहमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सकिने बताएका थिए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार