शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
22.7 C
Kathmandu
24.9 C
Kathmandu
34.9 C
Birgunj

राष्ट्रपति गोरखा र उपराष्ट्रपति बारा जाँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१२ चैत राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाँदैछन् । राष्ट्रपति बनेपछि उनी पहिलो पटक उपत्यका बाहिर जान लागेका हुन् । उनी बिहान ९ः३० बजे गोरखा जाने र दरबार क्षेत्र अवलोकन गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

- Advertisement -

राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकाली मन्दिरमा पूजा गर्ने र बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टरमार्फत गोरखा जानेछन् । उनको आगमनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । सर्वसाधारण प्रभावित नहुने गरी यातायात तथा सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।

- Advertisement -

यसैगरी उपराष्ट्रपति रामसहाय यादव आज बारा जाने भएका छन् । चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएपछि उनी पहिलो पटक उपत्यका बाहिर जान लागेका हुन् । उनले आज बाराको महागढीमाईको दर्शन गर्ने कार्यक्रम तय भएको उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।

महागढीमाईको दर्शनपछि उनलाई त्यहाँको गढीमाई नगरपालिकाले सम्मान गर्ने कार्यक्रम समेत राखेको छ । त्यस्तै भोलि चैत १३ गते उनले बाराकै करैयामाइको दर्शन गने कार्यक्रम रहेको छ ।

सो दर्शनपछि करैयामाई गाउँपालिका र सिम्रौनगढ नगरपालिकाले उनलाई सम्मान गर्ने कार्यक्रम राखिएको छ । त्यही दिन उनले कचोर्वास्थित आफ्नो निवासमा जाने कार्यक्रम तय भएको निजी सचिवालयले जनाएको छ ।

आफ्नो निवासमा नागरिक समाजका अगुवा तथा आफन्तलाई भेटघाट गर्ने कार्यक्रम पनि तय भएको छ । उनी १४ गते काठमाडौँ फर्किने कार्यतालिका तय भएको सचिवालयले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -