सरकारले भुक्तानी सन्तुलन मिलाउन नसक्दा सार्वजनिक ऋणको भारी बढ्दै गएको छ ।
यस्तो ऋण पछिल्लो ५ वर्ष वर्षमा दोब्बर बनेको छ ।
सरकारको सार्वजनिक ऋण चालू आर्थिक वर्ष २०७९–०८० को फागुनसम्ममा २० खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ ।
यस्तो ऋण पछिल्लो ५ वर्षको तुलनामा १२६ प्रतिशतले बढेको देखिएको छ ।