सोमवार, बैशाख ३, २०८१
Mon, April 15, 2024

जलवायु परिवर्तनको असर सबैको...

काठमाडौं,०३ वैशाख । वन तथा वातावरणमन्त्री नवलकिशोर साहले जलवायु परिवर्तनको प्रतिकूल असरका विषयमा...

मधेशका मुख्यमन्त्रीले भोलि चौथो...

जनकपुर,०३ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि (मंगलबार) विश्वासको मत लिने...

५८ लाख मूल्य बराबरका...

बीरगन्ज,०३ वैशाख । पर्साबाट प्रहरीले भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ ।...

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुईजना...

काठमाडौँ,०३ वैशाख । नेपाल प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई जनालाई पक्राउ गरेको छ...
23.1 C
Kathmandu
33 C
Birgunj

काठमाडौंमा मेयर बालेन साहविरुद्ध प्रर्दशन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१३ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध प्रर्दशन भएको छ ।

- Advertisement -

महानगरले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएपछि सुकुमबासीले मेयर साहविरुद्ध प्रदर्शन गरका हुन् ।

संविधान र कानुनविपरीत उठिबास लगाउने कामको नेतृत्व मेयर साहले नै लिएको भन्दै सुकुमबासीहरुले प्रदर्शन गरेका हुन् ।

- Advertisement -

उनीहरुले नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्‍यालीसहितको विरोध प्रर्दशन गरेका हुन् । आफूहरुलाई उठिबास लगाउने काममा मेयर साह लागेपछि त्यसको विरोधमा सुरु भएको प्रर्दशनलाई निरन्तरता दिइएको संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बताए ।

अध्यक्ष कार्कीले संविधान, कानुनविपरीत भूमिहीनहरुलाई जग्गाधनी पुर्जा दिनुको साटो मेयर साहले उठिबास लगाउने प्रयास गरिरहे कडा आन्दोलनमा जाने चेतावनीसमेत दिए ।

विरोध प्रर्दशनमा पक्राउ परेेका भूमि अभियन्ताहरुलाई निःशर्त रिहा गर्नुपर्ने, उनीहरुमाथि लगाइएको सबै मुद्दा खारेज गर्नुपर्ने मागसमेत मोर्चाको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार