सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
31.2 C
Birgunj

बीरगन्ज महानगरले अतिक्रमित साढे दुई कट्ठा जग्गा खाली गरायो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१४ चैत । बीरगन्ज महानगरपालिकाले मंगलबार दुई कट्ठा १० धुर अतिक्रमित जग्गा आफ्नो अधिनमा ल्याएको छ। महानगरपालिकाले वडा नम्बर २४ हुलाकी राजमार्गमा पर्ने सिर्सिया पुलनजिक रहेको २ कट्ठा १० धुर जग्गामा भएको अतिक्रमण हटाएको हो।

- Advertisement -

केही व्यक्तिले वर्षौंदेखि जग्गा अतिक्रमण गरेर व्यक्तिगत प्रयोग गरिरहेको जानकारी पाएलगत्तै नक्सासहित पुगेको महानगरको टोलीले नापी गरेर सार्वजनिक जग्गा आफ्नो अधिनमा ल्याएको हो।

सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न महानगरको टोलीले अहिले अभियान नै चलाएको छ। मंगलबार अतिक्रमण हटाउन महानगर प्रमुख राजेशमान सिंह आफै पुगेका थिए।

- Advertisement -

महानगरको ३२ वटै वडामा सार्वजनिक तथा ऐलानी जग्गा खोजी अभियान चलाइएको बताउदै मेयर सिंहले कहीँकतै अतिक्रमण भएको सूचना भए आफूलाई दिन पनि आग्रह गरे। आफूहरु सार्वजनिक जग्गा संरक्षणमा कटिबद्ध भएर लागेको भन्दै यसमा सबैको सहयोग जरुरी रहेको पनि बताए।

महानगरले गएको फागुनमा मात्रै वडा नम्बर १९ मा करिब १६ विघा जग्गा अतिक्रमण मुक्त गराएको थियो। हरेक वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखीकरण गरेर राख्न र आवश्यकताअनुसार प्रयोग गर्न महानगरले यस्तो खोजी अभियान अघि बढाएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले बताए।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -