सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
21 C
Kathmandu
22.1 C
Kathmandu
31.2 C
Birgunj

बीरगन्जमा आयोजित मधेस प्रदेश स्तरीय फुटबलको उपाधी बारालाई

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज ,१८चैत । मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि बाराले जितेको छ । बीरगन्जको आदर्शनगर रंगशालामा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा पर्सालाई १–० ले स्तब्ध पार्दै बाराले उपाधि उचालेको हो ।

- Advertisement -

पहिलो हाफको ३८ औं मिनेटमा बाराका लागि सन्देश चौधरीले गरेको एकमात्र गोल नै निर्णायक बनेपछि उपाधी बाराको पोल्टामा गएको हो । पहिलो हाफमै १–० ले पछि परेको पर्साले दोश्रो हाफमा भने केहि सुधारात्मक प्रदर्शन गरेको थियो । तर बाराको रक्षापंक्ती अझ सशक्त हुदाँ पर्साका स्टाइकरले राम्रा अवसर पाएपनि त्यसको सदुपयोग गर्न नसकेपछि खेलको अन्तिम नतिजा बाराको पक्षमा गएको हो ।

उपाधीसंगै बाराले नगद १ लाख ५० हजारसंगै ट्रफी पायो भने उपविजेता पर्साले नगद ७५ हजारमै चित्त बुझाउनु परयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पर्साका कार्लोस पटेल घोषित भए । यस्तै उत्कृष्ट स्टाइकर पर्साकै सुजल डंगोल , उत्कृष्ट मिडफिल्डर पर्साकै कृष्ण शाक्य , उत्कृष्ट गोलरक्षक बाराका दिलमणी चौधरी र उत्कृष्ट रक्षक बाराकै विश्वास गुरुङ घोषित भए ।

- Advertisement -

प्रतियोगिताको समापन समारोहमा मधेस प्रदेश सरकारका वनराज्यमन्त्री रहबर अन्सारी र प्रदेश सभा सदस्य श्याम पटेलले विजेता र उपविजेता टिमलाई नगद पुरस्कार र ट्रफी प्रदान गरे । दुवै टिमका खेलाडीलाई मेडल भने आयोजक गिरिजा प्रसाद कोइराला फाउण्डेशनका मधेस प्रदेश संयोजक महम्मद शाहबुद्धिनले प्रदान गरे ।

पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १३ औं स्मृति दिवसको अवसरमा चैत ११ गतेदेखि आयोजित प्रतियोगितामा मधेस प्रदेशका आठ वटै जिल्लाका गरि आठ टिम सहभागी थिए ।

शनिबार फाउण्डेन मधेस संयोजक शाहबुद्धिनको अध्यक्षतामा आयोजित समापन समारोहमा पर्सागढी नगरपालिकाका पुर्व मेयर लोकनारायण यादव , काँग्रेस नेताहरु प्रकाश उपाध्याय , दिना प्रसाद गुप्ता , कन्चन झा,नेतृहरु मिन्टु सिंह , मनोजा चौधरी , लोसपा नेता निजामुदिन समानी , नेकपा एकिकृत समाजवादीका अध्यक्ष बालगोपाल थापा , फाउण्डेसन पर्साका अध्यक्ष धिरज कुमार गुप्ता , सन्तोष सिंह, मनोहर गुप्ता , दिलिपराज कार्की , पर्साका प्रहरी नायब उपरीक्षक प्रहलाद बुढाथोकी लगायतको पनि सहभागिता थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -