शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

टस जितेको नेपाल पहिला...

काठमाडौं,१६ चैत । टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले आयरल्यान्ड ए...

अवैध लागूऔषध ब्राउन सुगरसहित...

झापा,१६ चैत । झापाका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित...

किशोरीलाई जबरजस्ती करणी गरेकोअभियोगमा...

काठमाडौँ,१६ चैत । १७ बर्सिया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बिर्तामोड नगरपालिका–५...

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...
23.1 C
Kathmandu
32.3 C
Birgunj

आम उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने उद्योगका संचालकलाई पक्राउ गर्न ढिलाई

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१९ चैत – जतनाको स्वास्थ्यसँग गम्भीर खेलवाड गर्दै आएको रि–प्याकिङ्ग उद्योगमा गएको १४ गते प्रहरी छापामारी गरी उद्योग सिल गरेपनि हाल सम्म संचालकहरुलाई पक्राउ गर्न सकेको छैन् । बीरगन्जको पावरहाउस चोकमा रहेको उद्योगको गोदाममा प्रहरीले छामामारी गर्दा म्याद गुज्रेको खाद्यान्न सामाग्री पुनः रि–प्याकिङ्ग गरी रहेको अवस्थामै अवस्थामा मेसिनहरु समेत बरामद गरेको थियो । गोदामलाई प्रहरीले सिल गरेको भएपनि हाल सम्म संचालकहरुलाई पक्राउ गर्न सकेका छैनन् । उद्योगका तीन जना संचाकलहरु बीरगन्ज रहेको तथा उनीहरुलाई राजनितिक संरक्षण रहेको स्रोतले जनाएको छ ।

- Advertisement -

उद्योगका तीनजना फरार संचालकहरु हालसम्म पक्राउ परेका छैनन् । गत चैत १४ गते विशेष सूचनाको आधारमा पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीको नेतृत्वमा गएको टोलीले वीरगंज महानगरपालिका वडा नं. १३ श्रीपुर स्थितबाट दुईवटा फर्मको खाद्यान्न सामाग्रीको गोदाममा छापामारी गरि अन्दाजी २७ हजार किलो भन्दा बढि म्याद सकिएको खाद्यान्न सामाग्री बरामद गर्नुको साथै ३ जना कर्मचारीलाई पक्राउ गरेको थियो भने संचालकहरु फरार रहेका थिए ।

‘फुडको नेपाल क्रोप प्रा.लि.’ ले बाहिरबाट विभिन्न ब्राण्डका म्याद सकिएका खाद्यान्न सामाग्रीहरु बजारबाट संकलन गरेर ल्याउने र त्यही कम्पाउण्ड भित्र रहेको ‘स्नेक एण्ड प्याक’ उद्योगले म्याद सकिएको खाद्यान्न सामाग्रीलाई रि–प्याकिङ्ग गरि नयाँ लेबल टाँसी बजारमा विक्री वितरण गर्ने गरेको पाइएको थियो । दुईवटै उद्योगको संचालक बीरगन्ज महानगरपालिका वडा नं. ७ निवासी संजय अग्रवाल, सोही ठाउँ निवासी विद्या कुमारी सरावगी एवं भरतपुर – ३ चितवन निवासी संतोष कुमार अग्रवाल छन् ।

- Advertisement -

खाद्यान्न उद्योगमा छापामारी पश्चात तिनै जना संचालक फरार छन् । तीनैजना संचालकहरुमध्ये संजय अग्रवाल र विद्या कुमारी सरावगी वीरगंजकै हुन् भने सन्तोष कुमार अग्रवाल चितवन निवासी हुन् । फरार संचालकहरुमध्ये विद्या कुमारी सरावगी वीरगंज महानगरपालिकाका पूर्व मेयर विजय सरावगीको आफन्त रहेको कारण पक्राउ नगरिएको बताइएको छ । संचालक तिनैजना वीरगंजमै रहेपनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।

यो घटनालाई सामसुम पार्न बीरगन्जका केही दलालहरु सक्रिय भएको स्रोतको दावी छ । उक्त उद्योगले ड्राइफुड र मसला पदार्थ प्याकिङ्ग गर्न घरेलु तथा साना उद्योग कार्यालयबाट अनुमति लिई म्याद सकिएको खाद्यान्न सामाग्री रि–प्याकिङ्ग गरि नयाँ मितिको लेबल टाँसी विक्री वितरण गर्ने गरेको पाइएको थियो । ति दुबै फर्मको गोदाम किचेनमा प्रयोग गरिने सम्पूर्ण मसला, सस, मह, च्वकलेट, सेम्पु, सेवई, स्नेक, विस्कुट, जिरा, गरम मसाला, विभिन्न मिठाई फ्लेबरका पाउडर लगायतका खाद्यान्न सामाग्रीहरु बरामद भएको थियो ।

म्याद सकिएको खाद्यान्न सामाग्री बजारबाट संकलन गरि लेबल प्रिन्ट गरि पुनः रि–प्याकिङ्ग गर्ने गरेको सूचनाको आधारमा प्रहरीले छापामारी गरेको थियो । छापामारीको क्रममा उपभोक्ताले प्रयोग गर्ने किचेनका सम्पूर्ण सामानहरु एवं बच्चाहरुले खाने विभिन्न ब्राण्डका च्वकलेट म्याद सकिएर पुनः रि–प्याकिङ्ग गर्ने गरिएको अवस्थामा बरामद भएको थियो । वाणिज्य कार्यालय, जिल्ला प्रशासन कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय सहितको टोलीले उद्योगमा छापामारी गरेको थियो ।


उद्योगीका दुई मुख्य योजनाकार बीरगन्जकै रहेको तथा उनीहरु बीरगन्जमा लुकीछिपी बस्दै आएको स्रोतको दावी छ । उनीहरुले दलला प्रयोग गरी घटनालाई मिलाउँन प्रयास गरी रहेको बिशेष स्रोतको भनाई छ । पोवाईजनलाई खाद्यान्न बनाउने गेम खेली रातारात करोडपती बनेका उनीहरुलाई हाल सम्म प्रहरीले पक्राउ गर्न नसक्नुलाई पर्सामा अर्थपूर्ण रुपमा हेदिएको छ । यद्यपी जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी अधिकारीका अनुसार उनीहरुको व्यापम रुपमा खोजी कार्यजारी रहेको तथा छिटै पक्राउ गरिने प्रयास भइरहेको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार