शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

नेपाल टेलिकम क्षेत्रिय कार्यालय श्रीपुर बन्यो बीरगन्ज महानगरपालिकाको डम्पिङ्ग साईट

कारवाही गर्ने बीरगन्ज महानगरपालिकाको नयाँ शैली

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २१ चैत- नेपाल टेलिकम बीरगन्जको श्रीपुरको क्षेत्रीय कार्यालय परिसरमा बीरगन्ज महानगरले फालेको फोहोर उठ्न नसकेपछि सो परिसर दुर्गन्धित बनेको छ । समस्या समाधानका लागि नेपाल टेलिकम र महानगरका प्रतिनिधि बीच भएको दिउँसो भएको छलफल निष्कर्षबिहीन भएपछि महानगरले टेलिकम परिसरमा फालेको जस्ताको त्यस्तै छ ।

- Advertisement -

टेलिकम प्रादेशिक निर्देशनालयका निर्देशक अनन्त प्रकाश मल्लिक बिना नै दिउँसो भएको छलफलमा टेलिकमका प्रतिनिधिले केबल बिछ्याउनका लागि टेलिकमले खनेको बाटोहरु मर्मतका लागि थप समय माग गरेपछि बैठक निष्कर्षबिहीन बनेको हो ।

यसअघि, मंगलबार बिहान बीरगन्ज महानगरपालिकाका सरसफाईकर्मीहरुले संकलन गरेको फोहर नेपाल टेलिकम बीरगन्जको श्रीपुर क्षेत्रिय कार्यालय परिसरमा असालेका थिए । बीरगन्ज महानगरपालिका सरफाईकर्मी सहितको टोलीले एक दर्जन ट्याक्टरमा लोड गरेको फोहर टेलिकमको क्षेत्रिय कार्यालयमा खसालेको थिए ।

- Advertisement -

बीरगन्जको बाईसपास लगायतको विभिन्न मूल सडक तथा उप–सडकहरुमा केबल बिछ्याउनका लागि टेलिकमले खनेको बाटोहरु मर्मत नगरेको तथा पटक पटक ताकेता गर्दा समेत निर्माणका लागि टेलिकमले चासो नलिएपछि बाध्य भएर फोहर टेलिकम कार्यालय परिसरमा खसाल्नु परेको बीरगन्ज महानगरपालिकाले जनाएको छ । बाटो मर्मत नगर्दा आम नगरबासीलाई आवागमनमा कठिनाई हुनुका साथै फोहर व्यवस्थापनमा समेत समस्या उत्पन्न भएको बीरगन्ज महानगरपालिकाको भनाई छ । टेलिकमले बाटो निर्माणको लागि पटक पटक समय लिएरको भएपनि तोकिएको समयमा हालसम्म सडक निर्माण नरिदिएपछि यस्तो कदम चाल्नु परेको बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले बताए ।

बीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले बीरगन्जलाई सफा बनाउने र विकासको बाटोमा अघि बढाउने अभियानमा अवरोध गर्ने जो सुकैलाई पनि कारवाहीको दायरमा ल्याउने बताए । उनले भने “बिग्रिएका सडक चाँडै मर्मत नगरे, फेरि फोहोरको डंगुर लगेर टेलिकम परिसरमा फ्याँकिनेछ ।”

उता, टेलिकम प्रादेशिक निर्देशनालयका निर्देशक अनन्त प्रकाश मल्लिकले भने महानगरपालिकाबाट कानूनी राज्यको उपहास गरिएको प्रतिक्रिया दिए । नेपाल टेलिकम पनि राज्यको सम्पति भएको भन्दै उनले भने, ‘फोहोर ल्याएर टेलिकम भित्र फाल्नुले कानूनी राज्यको उपहास भएको छ । यो अराजकता हो ।”

यद्यपि, बीरगन्ज महानगर श्रोतका अनुसार अपरान्ह टेलिकम प्रादेशिक निर्देशनालयका निर्देशक मल्लिकले फोन मार्फत बुधबारबाट सडक मर्मतको काम थालनी गरिने प्रतिबद्धता जनाउर्दैं टेलिकम परिसरमा फ्याँकिएको फोहोर उठाईदिन आग्रह गरेका छन् । तर महानगरले भने उनको मौखिक प्रतिबद्धतामा कुनै चासो देखाएको छैन । साथै, टेलिकम परिसरमा फ्याँकिएको फोहोर उठाउने सम्बन्धमा महानगर मंगलबार साँझसम्म निर्णय पुगिसकेको छैन ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -