सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
31.2 C
Birgunj

बीरगन्जका ६४ वटा व्यावसायिक फर्ममाथि कारबाही

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२१ चैत । बिनाअनुमति सञ्चालन भएका तथा तोकिएको मापदण्डविपरीत सामान बिक्री गर्ने पर्साका ६४ व्यावसायिक फर्ममाथि कारबाही गरिएको छ । अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री गर्ने, मूल्यसूची नराख्ने, खरिद बिल नकाट्ने र इजाजत नलिएका ६४ व्यावसायिक फर्ममाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बीरगन्ज पर्साले कारबाही गरेको हो ।

- Advertisement -

चालु आर्थिक वर्ष २०७९/८० को ८ महिना अवधिमा ती व्यावसायिक फर्ममाथि गरिएको कारबाहीबाट १ लाख ४९ हजार राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी दिलीप खङ्ग खत्बेले बताए ।

यस्तै चालु आव २०७९/८० को ८ महिना अवधिमा प्राइभेट र साझेदारी फर्म गरी २ सय ४३ वटा व्यावसायिक फर्म दर्ता भएको जनाएको छ । सो अवधिमा १ हजार ६ सय ३९ प्राइभेट फर्म र ४३ साझेदार फर्मको नवीकरण गरिएको र ६ सय ७७ प्राइभेट तथा १३ साझेदार फर्म संशोधन गरिएको सूचना अधिकारी खङ्गले बताए ।

- Advertisement -

यस्तै उक्त अवधिमा १ सय ७५ वटा प्राइभेट र पाँचवटा साझेदार फर्मको दर्ता खारेज गरिएको उनले जानकारी दिए । ती सबै शीर्षकबाट ८० लाख ३४ हजार ३ सय रुपैयाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी खङ्गले बताए ।

म्याद गुज्रिएको सामान बिक्री गर्ने, खरिद र बिक्री बिल नकाट्ने तथा मूल्यसूची नराख्ने प्रवृत्ति बढेकाले बजार अनुगमनलाई निरन्तता दिएको कार्यालय प्रमुख सुरेशकुमार रेग्मीले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -