बीरगन्ज,२२ चैत । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा नम्बर १ स्थित जगतिया टोलमा पर्ने हुलाकी राजमार्ग सडकखण्डमा बोलेरो गाडी पल्टिँदा चालको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ठोरी गाउँपालिका वडा नम्बर ५ क्षेत्रीलाइन निवासी ३५ वर्षीय नकुल पौडेल रहेको प्रहरीले जनाएको छ । हुलाकी राजमार्ग सडकखण्डमा बि आर ०१ पिए २८७६ नम्बरको भारतीय बोलेर गाडी गएराती आफै अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको प्रहरीको भनाई छ ।
दुर्घटनामा परेर गम्भिर रुपले घाईते भएका पौडेललाई उपचारका लागि परवानीपुरस्थित एलएस न्यूरो अस्पताल लागिएको थियो । त्यहाँ उनको उपचारकै क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले बताए ।
बोलेरोमा सवार रहेका व्यक्तिहरुको विषयमा प्रहरीले जानकारी गराएन् ।