शनिबार, असार ८, २०८१
Sat, June 22, 2024

परराष्ट्रमन्त्री श्रेष्ठ आज इरान...

८ असार, काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज इरान जाने भएका...

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

८ असार, चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ...

क्यानडामा हुने ग्लोबल टी-२०...

८ असार, काठमाडौं । नेपालका तीन क्रिकेटरले क्यानडामा हुने ग्लोबल टी-२० प्रतियोगिता खेल्ने...

पाँच प्रदेशमा मनसुनको प्रभाव...

८ असार, काठमाडौं । देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी...
26.1 C
Kathmandu
33.3 C
Birgunj

अविवाहित महिलाले जन्मदिएको बच्चाले जन्मदर्ता आमाकै आधारमा पाउने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । गृहमन्त्रालयले एकल महिलाबाट जन्मिएको बच्चाको बुबाको पहिचान नभए आमाकै थर–ठेगानाबाट जन्मदर्ता बनाउन निर्देशन दिएको छ ।

- Advertisement -

गृहमन्त्रालयले पञ्जिकरण शाखामार्फत ६७४३ वडालाई नै परिपत्र गर्दै विवाह नभइ एकल महिलाबाट जन्मेको बच्चाको ठेगाना तथा जन्मदर्ता आमकै आधारमा राख्न निर्देशन दिएको हो ।

सम्बन्धित निकायहरुबाट एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगान नभएको बच्चाको जन्म दर्ता गर्ने विषयमा थप प्रष्ट पारिदिन विभिन्न स्थानीय तहहरुबाट अनुरोध भई आएको भन्दै गृहमन्त्रालयले दोहोरो दर्ता नहुने सो अनुसार जन्मदर्ता गराउन निर्देशन दिइएको हो ।

- Advertisement -

निर्देशनको पहिलो बुँदामा भनिएको छ, ‘विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चा सहित पतिको ठेगानमा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिने।’

विवाह अघि बच्चा जन्माएको एकल महिलाले विवाह गरि श्रीमानसँगै बसेको तर पहिलेको बच्चा मामलीमै बसिरहेको र उनको पितृको ठेगाना नभए आमाको नाम ठेगानाकै आधारमा जन्दर्ता गर्न सरकारको निर्देशन छ ।

निर्देशनको बुँदा नम्बर २ मा भनिएको छ, ‘विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गरिदिने।’

तर, बुँदा (१) र (२) अनुसार बच्चाको जन्म दर्ता भईसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा सो जन्म दर्ता नियमानुसार रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्म दर्ता गरिदिनुपर्ने निर्देशनमा जनाइएको छ ।

त्यस्तै बुँदा नम्बर १ र २ बाहेक अन्य अवस्थामा भने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली (संशोधन सहित), २०७७ र विभागको यस अघिका परिपत्रअनुसार जन्मदर्ता गर्नुपर्नेछ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार