मङ्ल, जेष्ठ २३, २०८०
Tue, June 6, 2023
मङ्ल, जेष्ठ २३, २०८०
Tue, June 6, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
29.2 C
Birgunj

संसद कार्यव्यवस्था परामर्श समितिमा पर्साका सांसदद्वय यादव र चौरसिया मनोनित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२४ चैत । प्रतिनिधीसभाको कार्यव्यवस्था परामर्श समितिमा पर्साका सांसदद्वय प्रदीप यादव र अजय चौरसिया मनोनित भएका छन् ।

- Advertisement -

प्रतिनिधी सभाका सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा यादव र चौरसिया सहित १३ जना सांसदलाइ मनोनित गरेका हुन् । बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन गरेको जानकारी गराएका हुन् ।

समितिमा कांग्रेसका ६, एमालेका ५, माओवादी केन्द्रका २, जसपा सहित अन्य दल र स्वतन्त्रका १/१ जना सांसद छन्  । सभामुख, उपसभामुख र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदेन सदस्य हुन्छन् ।

- Advertisement -

समितिमा यादव र चौरसियासंगै अनितादेवी, गंगाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ, नागिना यादव, पदम गिरी, प्रदीप यादव, महेशकुमार बर्तौला, मेटमणि चौधरी, रमेश लेखक, रामप्रकाश चौधरी, रामहरि खतिवडा, रूपा सोसी चौधरी, लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, सन्तोष परियार, सरिता प्रसाईं, हितराज पाण्डे र ज्ञानबहादुर शाहीलाई मनोनयन गरिएको हो ।

उक्त समिति प्रतिनिधी सभा सञ्चालनका लागि सहयोग गर्ने संयन्त्र हो । प्रतिनिधिसभा नियमावलीमै यसको व्यवस्था छ । सभामुख घिमिरेसहित दलका प्रतिनिधिहरूको बैठकले बुधबार समितिमा रहने संख्या निर्धारण गरेको थियो । सबै दल र स्वतन्त्रसमेतको प्रतिनिधित्व हुने गरी समिति बनाइएको हो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -