सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
31.2 C
Birgunj

विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक छ : उद्योगमन्त्री रिजाल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२४ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

- Advertisement -

शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय विज्ञापन सङ्घ नेपालको प्रारम्भिक साधारण सभामा बोल्दै मन्त्री रिजालले यस्तो बताउनुभएको हो । उहाँले अझै पनि विज्ञापन व्यवसायीहरूको दायराभन्दा बाहिर विज्ञापनको क्षेत्र रहेको भन्दै व्यवसायीहरूको दायरामा ल्याउन आवश्यक रहेको बताउनु भयो ।

मन्त्री रिजालले सरकारले विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउनका लागि राष्ट्रिय नीति ल्याउन लागेको बताउनुभयो । उहाँले सरकारले ल्याउने राष्ट्रिय नीतिमा विज्ञापन व्यवसाय क्षेत्रको दायरा बढाउन सहयोग गर्ने धारणा राख्नुभयो ।

- Advertisement -

मन्त्री रिजालले विज्ञापनको धेरै क्षेत्र विज्ञापन सङ्घको दायराभन्दा बाहिर हरेको भन्दै दायरामा ल्याउन पहल गर्न आग्रह गर्नुभयो ।

‘‘विज्ञापन व्यवसायीहरूको ठूलो भूमिका छ । विज्ञापन व्यवसायलाई व्यवस्थित गर्न सरकारले राष्ट्रिय नीति ल्याउँदैछ । विज्ञापन क्षेत्रको दायरा बढाउँदै जानुहोला । सरकारको राष्ट्रिय नीतिले पनि विज्ञापन व्यवसाय क्षेत्रको दायरा बढाउने विषय समेट्नेछ । विज्ञापनको धेरै क्षेत्र विज्ञापन सङ्घको दायराभन्दा बाहिर हरेको छ ।,’’ मन्त्री रिजालले भन्नुभयो ।

मन्त्री रिजालले नेपालमा अन्तर्राष्ट्रिय स्तरबाट सामानहरू बेच्ने गरेपनि विज्ञापन आउन नसकेको बताउनु भयो । उहाँले त्यसलाई पनि कानुनी दायरामा ल्याएर आवश्यक रहेको बताउनुभयो ।

उहाँले विज्ञापनको क्षेत्रमा आफूलाई सबै विषय जानकारीमा नभएको भन्दै व्यवसायीहरूको सल्लाह सुझावको माग समेत गर्नुभयो । मन्त्री रिजालले विज्ञापन व्यवसायीहरूलाई परेको समस्या समाधानका लागि सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -