शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
22.7 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध उजुरी दिनेको भिड

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२९ वैशाख । मधेस प्रदेशको ८ वटै जिल्लाको जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध उजुरी दिनेको भिड लागेको छ । सुदखोर साहुहरुविरुद्ध उजुरी दिन मिटरब्याजी पीडितहरुको प्रशासन कार्यालयमा भिड लागेको हो ।

- Advertisement -

सरकारले तीन सदस्यीय आयोग गठन गरेर मीटरब्याज पीडितको समस्या समाधान गर्न उजुरी माग गरेको १२ दिनमा ३ हजार ७६९ उजुरी प्राप्त भएको जिल्ला प्रशासन कार्यालयका अधिकारीहरुले बताएका छन् ।

जसमा धनुषामा ८१३, सर्लाहीमा ६३८, पर्सामा ६००, सिरहामा ४४३, महोत्तरीमा ३९३, सप्तरीमा ३८२, बारामा ३०० र रौतहटमा २०० उजुरी दर्ता भएको प्रशासन कार्यालयका अधिकारीहरुले जनाएका छन् ।

- Advertisement -

आयोगले मिटरब्याज पीडितहरुलाई वैशाख १७ देखि ३१ गतेसम्म जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गर्न आग्रह गरेको थियो । यस्तै आयोगले ७ दिन म्याद थप गरेको छ । अब पीडितहरुले जेठ ७ गतेसम्म उजुरी दर्ता गराउनसक्ने छन् । त्यसपछि जिल्ला प्रशासन कार्यालयहरुले आयोगमा अध्यावधिक गर्नेछन् ।

आयोगले छानबिन गरी कारबाही प्रक्रिया अगाडी बढाउने छ । आयोग गठन हुनुभन्दा अगाडि पनि जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धी उजुरीहरु दर्ता गरिएका थिए । कतिपय उजुरीमाथि प्रशासनले मेलमिलाप गराएको बताइएको छ भने बाँकी उजुरीमा आयोगले नै छानबिन गर्ने जनाइएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -