सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
31.2 C
Birgunj

बीरगन्जमा रात्रि बजार सुरु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,३० वैशाख । बीरगन्ज महानगरपालिकाले दोस्रो पटक शुक्रबारदेखि रात्रि बजार लगाएको छ । अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले नयाँ वर्षदेखि सुरु गरिएको रात्रि बजारलाई निरन्तरता दिन दुई दिने रात्रि बजार लगाएको हो ।

- Advertisement -

हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजार लगाउने योजनाअन्तर्गत शुक्रबार र शनिबार बजार लगाइएको बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए ।

रात्रि बजार व्यवस्थापन समितिको बैठकले नयाँ पर्वलाई दृष्टिगत गरी २०७९ चैत ३० देखि २०८० वैशाख २ गतेसम्म लगाइएको रात्रि बजार प्रभावकारी भएपछि यसलाई अझै विस्तार गर्दै लैजाने निर्णयबमोजिम दोस्रो पटक वैशाख २९ र ३० दुई दिने रात्रि बजार लगाइएको महानगरप्रमुख सिंहले बताए ।

- Advertisement -

रात्रि बजारका लागि बीरगन्जको माइस्थान चोकदेखि आदर्शनगर चोक हुँदै पशुपति घोष चोकसम्म विभिन्न स्टल राखिएको छ । विशेष गरेर विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध किसिमका स्टल राखिएको रात्रि बजार व्यवस्थापन समितिका सदस्यसमेत रहेका ग्रिनसिटी सामुदायिकका अध्यक्ष जयप्रकाश खेतानले बताए ।

बीरगन्जको व्यापार व्यवसाय अबेरसम्म सञ्चालन गर्ने वातावरण बनाउन रात्रि बजारलाई निरन्तररूपमा अघि बढाउने प्रयास गरिएको र यसबाट बजार चलायमान बन्ने महानगरप्रमुख सिंहको भनाइ छ ।

उनले रात्रि बजार लाग्ने समयमा नेपाल भारत मुख्य सीमा राति १ बजेसम्म खुल्ने व्यवस्था मिलाइएकाले सीमापारका पर्यटकको आगमन बढ्ने र बजार चलायमान हुने विश्वास पनि व्यक्त गरे ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -