सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
31.2 C
Birgunj

सरकार छाडेको करिब दुई महिनापछि एमालेले लियाे मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०२ जेठ । सरकार छाडेको करिब दुई महिनापछि एमालेले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ ।

- Advertisement -

मधेस प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमाले सरकारबाट बाहिरिएको हो ।सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेश प्रमुखलाई दिइसकेको एमाले संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए । चार वटा मन्त्रालय सहित सरकारमा सहभागी भएको एमाले ०७९ चैत २ मा नै सरकारबाट बाहिरिएपनि सरकारलाई दिएको समर्थन कायमै राखेको थियो ।

०७९ पुस १० मा बनेको ७ दलीय गठबन्धन अनुसार एमाले केन्द्र तथा प्रदेश सरकारमा सहभागी भएको थियो । राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन फेरेपछि केन्द्र सरकारबाट बाहिरिएको एमालेले चैत २ मा मधेस सरकार समेत छाडेका थिए । मधेस प्रदेश एमालेको २५ जना प्रदेशसभा सदस्य रहेका छन् ।

- Advertisement -

यता एमाले सरकारबाट बाहिरिए सँगै काँग्रेस, लोसपा र नेकपा एस सरकारमा सहभागी हुने गृहकार्य सुरु भइसकेको छ । कांग्रेसको २२, लोसपाको ९ र एकीकृत समाजवादीको ७ प्रदेशसभा सदस्य रहेको छ । यी ३ वटै दल सरकारमा सामेल हुन तयार रहेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -