सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
21 C
Kathmandu
22.1 C
Kathmandu
31.2 C
Birgunj

मधेस विश्वविद्यालयमा कानुन पढाउने तयारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०३ जेठ । बीरगन्जमा स्थापना भएको मधेस विश्वविद्यालयमा पठनपाठन सुरु गर्ने तयारी गरिएको छ। विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि कानुन र जनप्रशासनको पठनपाठन गराउने तयारी गरिएको हो। विश्वविद्यालयको उद्घाटन भएको अहिले नौ महिना बितिसकेको छ। नौ महिनाको अवधिमा यहाँ विभिन्न किसिमका प्रशासनिक र भौतिक संरचना बनाउने कार्य चलिरहेको छ।

- Advertisement -

यसका साथै यसै शैक्षिक सत्रदेखि कानुन र जनप्रशासन संकायको पठनपाठन सञ्चालन गर्ने गरि तयारी तीव्र पारिएको विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यले बताए । उनले सकेसम्म यसै शैक्षिक सत्रदेखि दुईवटा संकायको पठनपाठन सुरु गराउने तयारीस्वरूप काम अघि बढाइएको बताए बीरगन्जस्थित नेसनल ट्रेडिङ परिसरमा विश्वविद्यालय स्थापना भएको छ।

विश्वविद्यालयको उद्घाटन २०७९ साल भदौ २२ गते भएकाे थियाे। विश्वविद्यालयले पठनपाठनको लागि बीरगन्जदेखि पर्साका ग्रामीण पालिकाहरूबाट जग्गा प्राप्त गर्ने प्रक्रिया अघि बढाएको छ। सो क्रममा पर्साको पकहा मैनपुर गाउँपालिकाको सुरजाहास्थित कटमिठको २७ बिगाहा जग्गा प्राप्त गरिसकेको छ।

- Advertisement -

यस्तै, बहुदरमाई नगरपालिका-२ मा रहेको ३५ बिगाहा जग्गा, बीरगन्ज महानगरपालिकामा रहेको १८ बिगाहा ऐलानी जग्गा विश्वविद्यालयको लागि प्राप्ति गर्ने प्रक्रियामा रहेको उपकुलपति शाक्यले बताए। विश्वविद्यालय सञ्चालनको लागि विभिन्न नियमहरू बनाउन जरुरी रहेकोले अहिले नियमहरू बनाएको उनले बताए।

‘विश्वविद्यालय सञ्चालनको लागि आवश्यक पर्ने नियमहरू हामीले बनाइसकेका छाैँ। भौतिक संरचनाको कमी थियो, अहिले त्यो पनि बनाउन लागि परेका छौँ। विश्वविद्यालयको लागि चाहिने जग्गाहरू स्थानीय तहसँग समन्वय गरी प्राप्त गर्ने कार्यहरू गरिराखेका छौँ’, उपकुलपति शाक्यले भने।

विश्वविद्यालयकाे लागि आवश्यक शिक्षक कर्मचारी कार्यविधि २०७९, खर्च कार्यविधि निर्देशिका, २०७९ बनाएर पारित गरिसकिएको विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवले बताए। उनले विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि कानुन र जनप्रशासनको पठनपाठन गराउन तयारी गरिएकोले समयअनुसार कार्य अघि बढाएको बताए।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -