शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
22.7 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

प्रदेश सरकारको नीति तथा कार्यक्रममा वीरगन्जका लागि विशेष प्याकेजको माग

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०३ जेठ । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले मधेस प्रदेशकै एकमात्र महानगर बीरगन्ज महानगरपालिकाका लागि विशेष प्याकेज सहितको व्यवस्था गर्न प्रदेश सरकारसंग माग गरेका छन् ।

- Advertisement -

बुधबार महोत्तरीको बर्दिवासमा प्रदेश सरकारको अर्थ मन्त्रालयले आयोजना गरेको आगामी आर्थिक वर्षको पुर्व बजेट सम्बन्धि छलफल कार्यक्रममा सहभागी मेयर सिंहले यस्तो माग गरेका हुन् ।

कार्यक्रममा बोल्दै मेयर सिंहले बीरगन्ज मधेस प्रदेशकै एकमात्र महानगर भएकाले नयाँ नीति तथा कार्यक्रममा बीरगन्ज महानगरकालागि विशेष प्याकेजको व्यवस्था गर्न अनुरोध गरे ।  प्रदेश सरकारको नीति तथा कार्यक्रम बनाउनु पुर्व प्रदेश सरकारका अर्थमन्त्री, योजना आयोगका उपाध्यक्षका साथै सम्बद्ध मन्त्रालयका सचिवसहितका टोलीलाई बीरगन्जमै आएर स्थलगत भ्रमण र अवलोकन गरिदिनका लागि मेयर सिंहले निम्तो पनि दिए ।

- Advertisement -

मेयर सिंहले भने,‘ मन्त्री ज्यु , उपाध्यक्ष ज्यु सहितको टोलीलाई एकपटक बीरगन्जमै आएर स्थलगत भ्रमणका लागि आइदिन म निमन्त्रणा गर्दछु , तपाईहरुले स्थलगत भ्रमण गरेपछि मात्रै वीरगन्जका आवश्यकता के के हुन् स्पष्ट हुन्छ , त्यसले बजेट विनियोजनमा अझ सहज हुनेछ ।

संघीय सरकारबाट देशका ६ वटा महानगरमध्ये सबै भन्दा कम बजेट बीरगन्ज महानगरले पाइरहेको प्रसंग सुनाउदै मेयर सिंहले भने,‘ बीरगन्ज मधेसकै एकमात्र महानगर हो , त्यसका कारण प्रदेश सरकारले अपनत्व लिएर बीरगन्जका लागि विशेष प्याकेजसहितको बजेट विनियोजन गर्नुपर्छ ।यदि बीरगन्जलाई मधेस प्रदेशकै सम्मुनत र समृद्ध शहर बनाउने हो भने त्यसका लागि प्रदेश सरकारले वीरगन्जमा आवश्यक पूर्वाधार निर्माणमा विशेष जोडदिनुपर्ने पनि उनले बताए ।

कार्यक्रममा मधेस प्रदेश सरकारका अर्थमन्त्री सन्जय यादव , मधेस प्रदेश योजना आयोगाका उपाध्यक्ष नाथु प्रसाद चौधरी , मन्त्रालयका सचिवहरु, प्रदेशसभा सदस्यहरु ,पालिकाका प्रमुखहरुका साथै बीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्षमी प्रसाद पौडेल , मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरे लगायतको पनि सहभागीता थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -