काठमाडौं,९ जेठ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पूर्णता पाएको छ । मंगलबार ११औँपटक मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्री दहालले बाकी रहेका मन्त्रीहरु नियुक्त गर्नु भएको छ ।
प्रचण्ड सरकारमा मंगलबार जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट वन तथा वातावरणमन्त्रीमा वीरेन्द्रप्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला गुरुङ नियुक्त भएका हुन् । योसँगै प्रधानमन्त्रीसहित २१ मन्त्री र तीन राज्यमन्त्री गरी २५ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । जसपाबाट यसअघि नै नेता अशोक राई शिक्षामन्त्री बनेका थिए ।
प्रचण्ड सरकारमा माओवादी केन्द्रबाट पाँच मन्त्री र एक राज्यमन्त्री छन् । नेपाली कांग्रेसबाट नौ मन्त्री छन् । नेकपा (एकीकृत समाजवादी)बाट दुई मन्त्री र एक राज्यमन्त्री छन् ।
यस्तै, जसपाबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीबाट एक/एक मन्त्री छन् ।