शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
26.6 C
Kathmandu
25.1 C
Kathmandu
38.2 C
Birgunj

जनमत पार्टी पर्साद्वारा ‘टस्क फोर्स’ गठन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ९ जेठ – बीरगन्जका सरकारी कार्यालय र नारायणी अस्पतालमा सेवाग्राहीको सहजीकरणका लागि जनमत पार्टीले ‘टस्क फोर्स’ गठन गरि ‘ हेल्पलाइन नम्बर’ सञ्चालनमा ल्याउने भएको छ । बीरगन्जमा बसेको जनमत पार्टी पर्सा तथा पार्टीका पेशागत संगठनको संयुक्त बैठकले यस्तो निर्णय गरेको जनमत पार्टीका पर्साका संयोजक ओमप्रकाश सर्राफले बताए ।

- Advertisement -

जनताको चाप बढि हुने सरकारी कार्यालय ,अस्पताल तथा प्रशासनिक कार्यालयहरुमा सहज र सुलभ सेवा तथा सेवाग्राहीलाई सहजीकरण गर्नका लागि टस्क फोर्स गठन गरि हेल्प लाइन नम्बर सन्चालन गर्ने निर्णय गरिएको जनमत पार्टी पर्साले जनाएको छ ।

यस्तै बैठकले बीरगन्जमा यहि जेठ २७ गते पार्टीका अध्यक्ष डाक्टर सिके राउतको प्रमुख आतिथ्यतामा आयोजना हुने बृहत पार्टी प्रवेश कार्यक्रमलाई सफल बनाउन अभियान चलाउने र वर्गीय मञ्च एंव पेशागत संगठनलाई विस्तार गर्ने निर्णयपनि गरेको संयोजक सर्राफले बताए ।

- Advertisement -

बैठकमा जनमत चिकित्सक संघका पर्सा संयोजक एवं केन्द्रिय परिषद सदस्य डाक्टर अजय यादव , कानुन ब्यवसायी संघका अधिवक्ता हरिहर साह, शिक्षक संघका संयोजक अखिलेश पाण्डे, विद्यार्थी संगठनका संयोजक राजु गिरर, महिला संगठनकी संयोजक अन्जना गुप्ता, सचिव रेखा यादव , पार्टीका जिल्ला उप–संयोजक रामजी रौनियार लगायतको सहभागगीता थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -