बिहिबार, असार ७, २०८१
Thu, June 20, 2024

सांसदहरूले निरन्तर दबाब दिए...

बीरगन्ज,०५ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि...

बारा प्रहरीद्वारा २७० केजी...

बीरगन्ज,०५ असार । बारा प्रहरीले २७० केजी गाँजा बोकेको गाडी सहित एकजना भारतीयलाई...

सिरहामा चिरपट प्रहारबाट एक...

जनकपुर,०५ असार । सिरहामा मामाको छोराले चिरपट प्रहार गर्दा फुपूको छोराको मृत्यु भएको...

शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द...

काठमाडौँ,०५ असार । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा...
27.1 C
Kathmandu
37 C
Birgunj

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा कुनै षडयन्त्र भएकाे छैन : गृहमन्त्री

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,११ जेठ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा कुनै षडयन्त्र नभएको स्पष्ट पारेका छन् ।

- Advertisement -

बिहीबार सिंहदरबारमा एमाले निकट राष्ट्रिय युवा संघको ध्यानाकर्षण पत्र बुझ्दै श्रेष्ठले प्रहरीलाई राजनीतिक लगायत कुनै पनि दबाब वा प्रभावमा मुक्त रहेर अनुसन्धान गर्न निर्देशन दिएको भन्दै अनुसन्धानमा कुनै षडयन्त्र नभएको स्पष्ट पारेका हुन् ।

यस प्रकरणमा आशंकाका आधारमा कोही निर्दोष फस्ने वा सार्वजनिक जीवनमाथि आँच आउने काम गर्न नहुने र कोही दोषीले छुटकारा पाउन नहुने उनले बताए । उनले यस प्रकरणमा थुप्रै व्यक्तिहरूको नाम आएको र एउटाले बयान दिएकै आधारमा मुद्दा चलाउन नमिल्ने भएकाले अरु प्रमाणहरूको पनि खोजी गर्ने प्रक्रियामा प्रहरी रहेको जानकारी दिए ।

- Advertisement -

प्रहरीले आफ्नो अनुसन्धान बयान मात्रै नभइ तथ्य प्रमाणका आधारमा अनुसन्धान गरिरहेको उनको भनाइ छ । श्रेष्ठले यस प्रकरण सामान्य भ्रष्टाचारको विषयमात्रै नभए राज्य विरुद्धको अपराध भएकाले त्यही ढंगले अघि बढ्नुपर्ने जिकिर गरे ।

युवा संघले मानव तस्करीको समग्र पक्षमा नगइ अधुरो अनुसन्धान गर्ने र निर्दोष फसाउने योजनाका साथ भएको काम कारबाहीको छानबिन गर्न माग गर्दै गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । संगठनले अभियुक्तहरूको बयानलाई लिएर एमालेका नेताहरू र अख्तियारका प्रमुख आयुक्तलाई समेत आरोप लगाउने, बदनाम गराउने र सोही बयानलाई आधार बनाएर कानुनी कारबाही गर्ने गराउने र राजनीतिक प्रतिशोध लिने तहसम्मको षड्यन्त्र भएको महसुस भएको जनाएको छ ।

उनीहरूले यस प्रकरणमा राजनीतिक रंग नदिन समेत माग गरेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार