शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

गौर राइस मिलको जग्गा अधिग्रहण गर्न १५ करोड रुपैयाँ दिने मुख्यमन्त्री यादवको प्रतिबद्धता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,१३ जेठ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले गौर राईस मिलको जग्गा अधिग्रहण गर्न १५ करोड रुपैयाँ दिने प्रतिबद्धता जनाएका छन् । मधेस प्रदेशको सभामुख हुँदा आफूले गरेको बाचा पूरा गर्न १५ करोड रुपैयाँ दिन प्रतिबद्ध रहेको मुख्यमन्त्री यादवले दोहोर्‍याए।

- Advertisement -

रौतहटको सदरमुकाम गौरमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै आफ्नै कार्यकालमा गौर राईस मिल सार्वजनिक स्थलको रूपमा विकास गरिसक्ने उनले स्पष्ट पारेका थिए । उनले मधेस सरकारको महत्त्वपूर्ण कार्यक्रम बेटी पढाऊ बेटी बचाउ धेरै राम्रो रहेको बताउँदै हाल अख्तियारमा मुद्दा चलिरहेको कारण रोकिएको बताए। उक्त मुद्दामा कुनै टुङ्गो लाग्दैन तब सम्म त्यसमा चाहेर पनि केही गर्न नसकिने उनले बताए ।

त्यस अघि प्रादेशिक अस्पताल गौरमा आइसियु, एनआईसीयूको उद्घाटन गर्दै उनले आवासको सुविधा सहित १०० बेडको क्षमता पुर्‍याउने प्रतिबद्धता जनाएका थिए।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -