शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
22.7 C
Kathmandu
24.9 C
Kathmandu
28 C
Birgunj

विराटनगरमा अनिश्चितकालिन निषेधाज्ञा जारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको छ ।

- Advertisement -

कोशी नामकरणको विरोधमा पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिँदै विराटनगरका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध,धर्ना,जुलुस गरिएकाले शान्ति–सुरक्षामा असर परेको भन्दै शनिबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरेको हो ।

- Advertisement -

निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक सभा,जुलुस,भेला,र्‍याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । गत फागुन १७ गतेको प्रदेश सभाको बैठकले कोशी नामकरण गरेको थियो । त्यसयता प्रदेश राजधानी विराटनगरमा प्रदर्शन भइरहेको छ ।

निषेधित क्षेत्र तोकिएका स्थानमा प्रदेश सभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म,मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म,मुख्यमन्त्री निवास वरपरको ३ सय मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म छन् ।

आदेश उल्लंघन गरिए कारबाही हुने पनि प्रशासनले सचेत गराएको छ । आइतबारदेखि कोशी प्रदेशको प्रदेश सभाको बैठक बस्दैछ ।

कोशी प्रदेश सरकारले बजेट ल्याउने तयारी गरेपछि प्रदेशको नामाकरणप्रति असन्तुष्टि जनाउदै आन्दोलन गरिरहेकाहरुले पनि विराटनगर केन्द्रित विरोध कार्यक्रमको घोषणा गरेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -