शनिबार, असार २, २०८१
Sat, June 15, 2024

झडपको भिडियो मोवाईलमा कैद...

वीरगंज,२ असार - सार्वजनिक भवन तोडफोड गर्ने क्रममा स्थानिय र प्रहरी बिच भएको...

रौतहटमा शौच गर्न निस्किएका...

१ असार, रौतहट । रौतहटको सदरमुकाम गौर नगरक्षेत्र अन्तर्गत केराबारीमा अपरान्ह एक जना...

कांग्रेस सकारात्मक प्रतिपक्षको भूमिकामा...

१ असार, कञ्चनपुर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले सकरात्मक प्रतिपक्षको भूमिका...

बजेट कति ठीक र...

१ असार, काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...
25.1 C
Kathmandu
31 C
Birgunj

भारततर्फ बिजुली निर्यात सुरु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१३ जेठ । नेपाल विद्युत प्राधिकरणले भारततर्फ बिजुली बेच्न सुरु गरेको छ । वर्षायाम सुरु भएर नदीको वहाब बढ्न थालेसँगै आन्तरिक उत्पादन बढेपछि बढी भएको बिजुली भारततर्फ बेच्न थालिएको हो ।

- Advertisement -

प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले शुक्रबारदेखि भारततर्फ बिजुली बेच्न थालिएको बताए । उनले शुक्रबार भारतलाई ६०० मेगावाट आवर बिजुली बेचेको र आज भने निर्यात नभएको बताए ।

केही समयअघिसम्म नेपालले भारतबाट दैनिक ४०० मेगावाटभन्दा बढी क्षमतामा बिजुली किन्दै आइरहेको थियो । तर, अचानक वर्षायाम सुरु हुँदा नदीको वहाब बढिरहेको छ । यससँगै, ‘रन अफ दी रिभर’ आधारित आयोजनाबाट बिजुली उत्पादन बढेको छ ।

- Advertisement -

गर्मी याममा पानी नपर्दा र अत्याधिक गर्मी हुँदा बिजुलीको माग समेत बढ्ने गर्छ । तर, वैशाखदेखि नै निरन्तर भइरहेको वर्षातका कारण गर्मी समेत घटेको छ । फलस्वरुपः उत्पादित बिजुलीले आन्तरिक माग धानेर निर्यात नै सुरु भएको हो । यद्यपि, वर्षात रोकिएमा पुनः आयात गर्नुपर्ने हुन सक्छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार