सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
21 C
Kathmandu
22.1 C
Kathmandu
31.2 C
Birgunj

३३ जना कम्प्युटर अपरेटर भर्ना गर्नका लागि महानगरले लियो लिखित परीक्षा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१३ जेठ । बीरगन्ज महानगरपालिकाले कम्प्युटर अपरेटर पदमा नयाँ कर्मचारी पूर्ति गर्न शनिबार लिखित परीक्षा लिएको छ । खुला आवेदनमार्फत महानगरले ३३ जना कम्प्युटर अपरेटर भर्ना गर्नका लागि शनिबार लिखित परीक्षा लिएको हो ।

- Advertisement -

प्रारम्भिक योग्यता क्रममा परेका आवेदकहरुको परीक्षा लिइएको महानगरका प्रशासन प्रमुख राजकृष्ण ताम्राकारले बताए । गएको माघ २५ गते सूचना सार्वजनिक गर्दै आवेदन माग गरेकोमा १ हजार ४ सय ८० जनाले दरखास्त बुझाएका थिए । जसमध्ये बैशाख १९ गते प्रारम्भिक योग्यता क्रम सार्वजनिक गर्दा १ हजार ४ सय ५१ जनाको नाम प्रकाशित भएको थियो ।

प्रारम्भिक सूचिमा नाम प्रकाशित भएकाहरुको शनिबार त्रिजुद्ध मा.वि. र त्रिभुवन हनुमान मा.वि. परीक्षा केन्द्रबाट लिखित परीक्षा लिइएको प्रशासन प्रमुख ताम्राकारले बताए । शनिबार लिइएको परीक्षाको महानगरका मेयर राजेशमान सिंहले अनुगमन गर्दै अनुशासित भएर परीक्षा दिन परिक्षार्थीहरुलाई आग्रह गरेका थिए । यस्तै उपमेयर इम्तियाज आलमलेपनि दुवै परिक्षा केन्द्रमा पुगेर परिक्षाको अनुगमन गरेका थिए ।

- Advertisement -

शनिबार लिइएको लिखित परिक्षाको नीतजा आएपछि प्रयोगात्मक र मौखिक (अन्तरवार्ता) परिक्षा लिइने तयारी गरिएको ताम्रकारले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -