काठमाडौं,१८ जेठ चार दिने भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतमा छन् । बुधबार दिउँसो दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डले आज बिहान साढे दश बजे महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ ।
त्यसलगत्तै उनको ११ : ५ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता हुनेछ । प्रधानमन्त्रीले भारतीय समकक्षीसँग भेटवार्ता गरेलगत्तै प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता हुनेछ ।
उक्त भेटमा सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने र पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ । त्यसपछि उनी भारतीय समकक्षी मोदीले आयोजना गरेको दिवा भोजमा सहभागी हुनेछन् ।
त्यसलगत्तै प्रधानमन्त्रीले ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनखड र ४स्३५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । त्यसपछि साँझ ६स्१५ बजे होटल मौर्यमा नेपाल र भारतका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।