शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
28.1 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

कुनैपनि माग पुरा नभएकाले मधेसमा फेरि आन्दोलनको तयारीमा जनमत पार्टी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२७ जेठ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सिके राउतले मधेस आन्दोलनका माग प्राप्तिका लागि फेरि आन्दोलनको तयारी भइरहेको बताएका छन् ।विगतमा भएका मधेस आन्दोलनमा मधेसी नेताहरुले गद्धारी गरेका कारण मधेसका माग पुरा नभएकाले ती माग प्राप्तिका लागि फेरि आन्दोलनको तयारी भइरहेको राउतले बताएका हुन् ।

- Advertisement -

शनिबार बीरगन्जमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले भने,‘ मधेसी नेताहरुले गद्धारी गरेका कारण मधेस आन्दोलनका कुनैपनि माग पुरा भएको छैन , त्यसकारण अब जनमत पार्टीले मधेस आन्दोलनलाइ अगाडि बढाउने तयारी गरिरहेको छ ,अबको आन्दोलन सरकार , सदन र सडक तीनै तहबाट हुन्छ ।

२२ जिल्लको एक मधेस प्रदेश , नागरिकता, मधेसीको सम्मान र पहिचान मधेस आन्दोलनको माग भएपनि ती मध्ये कुनैपनि माग पुरा नभएकाले फेरि मधेस आन्दोलनको तयारीमा जनमत पार्टी लागिसकेको राउतले बताए ।

- Advertisement -

उनले जनमतले गर्ने आन्दोलनले आँधी तुफानको रुप लिने र त्यसले राज्यका शासकबाट मधेसका अधिकार खोसेर लिने दाबीपनि गरे । उनले अब हुने आन्दोलनको तयारीमा जुटन मधेसी जनतालाई आह्वानपनि गरे ।

जनमत पार्टीमा हरेक वर्ग र तप्काको व्याक्तिलाई सम्मान गर्ने गरिएको भन्दै राउतले आफनो पार्टीमा सत्ता र पदको कुनै महत्व नभएको जिकिर गरे ।

अधिकार प्राप्तिको एक मात्र माध्यम आन्दोलन नै भएको भन्दै उनले भने,‘ यदि आन्दोलन रोकियो भने पाएका अधिकारपनि गुम्छ , त्यसकारणपनि फेरि आन्दोलनको तयारीमा जनमत पार्टी लागेको छ ।शनिबारको बृहत पार्टी प्रवेश कार्यक्रम र कार्यक्रममा जनसहभागीताले आन्दोलनको बिगुल फुककेको पनि राउतले बताए ।

जनमत पार्टीका पर्सा जिल्ला इन्चार्ज माधव सिंहको अध्यक्षता तथा राष्ट्रिय अध्यक्ष डाक्टर राउतको प्रमुख आतिथ्यतामा भएको बृहत् पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एंव प्रदेशका पुर्व कृषि राज्यमन्त्री बसन्त कुशवाहा, वरिष्ठ नेता डाक्टर शरद सिंह लगायत नेताहरुले पनि सम्बोधन गरेका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -