मङ्लबार, अशोज १, २०८१
Tue, September 17, 2024

२ महिनामा सरकारले १...

काठमाडौँ,०१ असाेज । चालु आर्थिक वर्ष २०८१÷८१ को साउन र भदौ महिनामा सरकारले...

एनआरएनए आधिकारिकता विवादमा मिसिल...

काठमाडौँ, १ असाेज । सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आधिकारिकता विवादमा अहिलेसम्म...

खोलाले बगाएर बेपत्ता ...

त्रिशूली,०१ असाेज । दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन पर्नुपूर्व स्नान गर्ने...

वीरगन्जबाट ब्राउन सुगरसहित...

वीरगन्ज, १ असोज । वीरगन्जबाट लागुऔषध ब्राउन सुगरसहित एक जना भारतीय पक्राउ...
26.1 C
Kathmandu
32.5 C
Birgunj

भेडाहा खोलाका कारण बीरगन्ज वडा ३० डुबानमा, सांसद यादव र मेयर सिंहले गरे स्थलगत अवलोकन

मेयर सिंहले तत्कालका लागि पानी निकासाको व्यवस्थापनमा जुट्न महानगरअन्तर्गत मातहतका शाखाहरूलाई दिए निर्देशन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज । पूर्व मन्त्री एवम् सङ्घीय सांसद प्रदीप यादव र महानगर प्रमुख राजेशमान सिंहले भेडाहा खोलाका कारण डुबानमा परेको बीरगन्जको वडा नम्बर ३० लालपर्सा, प्रसोतीपुरको स्थलगत निरीक्षण गरेका छन् ।

- Advertisement -

स्थलगत निरीक्षण गर्दै सांसद यादवले भेडाहा खोलामा ड्याम लगाए मात्रै डुबानको समस्या समाधान हुने बताए । ड्याम निर्माणका लागि स्थानीयहरूले सहयोग गर्नुपर्ने उनको धारणा थियो ।

ड्याम निर्माणको काम सुरु भए पनि स्थानीय केही व्यक्तिहरूले आफ्नो निहित स्वार्थका लागि विरोध गरेपछि काम प्रभावित भएको बीरगन्ज महानगरका प्रमुख मेयर राजेशमान सिंहले बताए । ‘प्रक्रियागत हिसाबले ड्याम निर्माणको काम सुरु भए पनि जग्गा मुआब्जाको विषयलाई झिकेर केही स्थानीयहरूले अवरोध सृजना गर्दा काम प्रभावित भएको छ,’ मेयर सिंहले सांसद यादवलाई जानकारी गराउँदै भने, ‘समाधानको प्रयास जारी छ । छिट्टै काम सुरु हुन्छ ।

- Advertisement -

सांसद यादवले पनि विकास निर्माणको काममा कुनै किसिमको अवरोध सृजना नगर्न स्थानीयहरूसँग आग्रह गरे । डुबानले गर्दा बर्सेनि लाखौँको धनमालमा क्षति पुगिरहेको बताउँदै उनले त्यसबाट जोगिन ड्याम निर्माणमा सहयोग गर्न आग्रह गरे ।

अनुगमन पश्चात् मेयर सिंहले तत्कालका लागि पानी निकासाको व्यवस्थापनमा जुट्न महानगरअन्तर्गत मातहतका शाखाहरूलाई निर्देशन दिएका छन् ।

भेडाहा खोलाको बाढी बीरगन्जको सिर्सिया नदीमा समेत छरिएर आइपुगेको छ । अहिले सिर्सिया नदी पूर्ण रूपमा भरिएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार