काठमाडौं । आज देशभर विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरी विभिन्न जातीय संघसंस्थाहरूले जिल्लाहरूमा पनि कार्यक्रम गरी आदिवासी दिवस मनाइरहेका छन् ।
दिवसको अवसरमा विभिन्न आदिवासी संघ संगठनहरुले काठमाडौंमा र्याली प्रदर्शन गरेका छन् । शहीदगेटबाट सुरू भएको झाँकी र्याली सुन्धारा, न्यूरोड, वीर अस्पताल, रत्नपार्क, जमल, त्रिचन्द्र कलेज हुँदै नपाल प्रज्ञा प्रतिष्ठान कमलादी पुगेको छ ।
झाकी र्यालीमा नेपालमा भएका विभिन्न आदिवासी जनजातिहरूले आ(आफ्नो भेषभूषारपहिरन लगाएर सहभागी भएका छन् ।
आदिवासी जनजाति महासङ्घले दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा पनि आयोजना आयोजना गरेको छ ।
सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो ।
संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।