भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरोले देशभरका चार राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । सडक विभागका अनुसार बाढीपहिरोले तमोर करीडोरअन्तर्गत चतरा-मुलघाट सडक अवरुद्ध भएको छ ।
यस्तै, तानसेन-रिडी-कोरला सडक, प्युठान- सुर्खेत सडक र डुम्रे-बेशीसहर-चामे सडक पनि बाढीपहिरोले पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
बाढीपहिरोले देशभरका ३९ सडक एकतर्फी अवरुद्ध भएको विभागले जनाएको छ । ती सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेका छन् ।
- Advertisement -
विभागका अनुसार पृथ्वी राजमार्गअन्तर्गत नौविसे-मुग्लिन-पोखरा सडक, अरनिको राजमार्गअन्तर्गत काठमाण्डौं-धुलीखेल-दोलालघाट-खाडीचौर-कोदारी सडकलगायत ३९ वटा सडक एकतर्फी सञ्चालन भइरहेका छन् ।