शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

आफ्नै पार्टीका उम्मेदवार आफूलाई हराउन भूमिका खेलेको कुशवाहाकाे आरोप

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२८ साउन । जनमत पार्टीका अध्यक्ष सिके राउतलाई राजनीतिक ज्ञान नरहेको उनकै पार्टीबाट गत वैशाखमा सम्पन्न उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट चुनाव लडेका शिवचन्द्र कुशवाहाले बताएका छन् ।

- Advertisement -

सप्तरी सदरमुकाम राजविराजबाट जनजागरण अभियान सञ्चालन गरेका कुशवाहाले सिके राउतले आफूसँग २ वटा सहमति गरेकाे तर ती सहमति पूरा नगरी आफ्नै पार्टीका उम्मेदवार आफूलाई हराउन भूमिका खेलेको आरोप समेत लगाए ।

पार्टीमा पद दिने र निर्वाचनमा आर्थिक समेत सहयोग गर्ने प्रतिबद्धता गरे पनि राउतले त्यो पूरा नगरेको उनकाे भनाइ छ । प्रतिबद्धता अनुसार आर्थिक सहयोग मागेपछि राउतले टिकट दिनु सस्तो नभएको प्रतिक्रिया दिँदै कुशवाहाले भने, ‘उहाँसँग राजनीतिक र व्यवहारिक ज्ञान तथा सामाजिक अनुभव नरहेको कारण पराजित हुन गए ।’

- Advertisement -

राजनीति ज्ञान नहुँदा निर्वाचनमा बाहिरका व्यक्ति बोलाएर परिचालन गरेर संगठन बनाउनुको सट्टा आफूलाई प्रयोग गरी राउतले आफ्नो नामको प्रचार गर्दा आफूलाई पराजयको सामना गर्नु परेको उनले बताए । उनले आफूलाई निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता जनाए पनि कुनै आर्थिक सहयोग नगरी निर्वाचनको नाममा विभिन्न संघ–संस्थासँग आर्थिक सहयोग लिए रकम कुम्ल्याएको आरोप समेत लगाए ।

उनले आफू स्थानीयताको आधारमा निर्वाचनमुखी योजना बनाउन खोजे पनि राउतले आफ्नो तरिकाको बनाएको बताए । ‘त्यही पनि अनुशासनमा बसिरहे,’ उनले भने, ‘चुनाव हारेपछि यस्तै समीक्षा गर्याैं । त्यहीँ भएर मलाई पार्टीबाट हटाइएको छ ।’ उनले जनमत पार्टी २०८४ भन्दा पहिला नै फुट्ने दाबी समेत गरे ।

कुशवाहा उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) परित्याग गरी जनमत पार्टीबाट उम्मेदवार बनेका थिए । उनी जसपा अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -