शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
24.9 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

पेट्रोलमा प्रतिलिटर ५ र डिजेलमा १४ रुपैयाँले वृद्धि

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,३१ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम व्यवस्थापन समितिको मंगलबजार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

- Advertisement -

वृद्धि भएको मूल्य आज रातिदेखि लागू हुने निगमले जनाएको छ । नयाँ मूल्यअनुसार काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ पुगेको छ।

निगमले पछिल्लो समय निगमले स्वचालित मूल्य प्रणाली लागू गरेको छ । इण्डियन आयल कर्पोरेसन (आईओसी)बाट आउने प्रत्येक १५ दिनको मूल्यअनुसार नेपालमा पनि मूल्य घटबढ गर्दै आएको हो ।

- Advertisement -

मंगलबार आएको नयाँ मूल्य सूचीअनुसार आईओसीबाट मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढेको जनाएको छ । निगमका अनुसार आईओसीबाट पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ८५ पैसा र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ११ रुपैयाँ २५ पैसा बढेर आएको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -