शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

प्रधानसेनापति शर्मा दिल्ली जाँदै

सिफारिस

काठमाडौं । भारतले नेपाली सेनालाई दुईवटा एडभान्स लाइट हेलिकोप्टर (एएलएच) अनुदानमा दिने भएको छ।

- Advertisement -

भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई अनुदान सहायतास्वरुप दिइने ‘ध्रुव’ नामका दुई एडभान्स लाइट हेलिकोप्टरको सम्झौताका लागि प्रधान सेनापति प्रभुराम शर्मा भदौ ७ गते भारत जाँदैछन्। उनी भदौ ११ सम्म त्यहीँ रहनेछन्।

भारत भ्रमणका क्रममा शर्माले त्यहाँका सुरक्षा प्रमुख अनिल चौहान र भारतीय सेनाका प्रमुख मनोज पाण्डेसँग भेटवार्ता गर्नेछन्।

- Advertisement -

जनरल अनिल चौहान भारतका दोस्रो सुरक्षा प्रमुख हुन्। नेपाली सेनालाई दुईवटा हेलिकोप्टर दिने सम्झौता भए पनि नेपाल आउन केही महिना लाग्ने भारतीय स्रोतले जनाएको छ।

यसअघि सुशील कोइराला प्रधानमन्त्री हुँदा नोभेम्बर २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका थिए।

त्यसबेला मोदीले एउटा एडभान्स लाइट हेलिकोप्टर अनुदान सहयोग दिएका थिए, जुन हेलिकोप्टर नेपाली सेनाले प्रयोग गर्दै आएको छ।

त्यसअघि २०१३ मा पनि यही दुईवटा हेलिकोप्टर भारतले नेपाली सेनालाई दिएको थियो। ५.५ टनका यी हेलिकोप्टर भारतले सैनिक र सिभिल प्रयोगका लागि मिल्ने गरि डिजाइन गरेको छ।

जुन यसअघि भारतले मौरिसस, मालदिभ्स र इक्वयडरलाई पनि दिएको छ। यो हेलिकोप्टरको मूल्य ७ देखि ९ मिलियन अमेरिकी डलर पर्ने बताइएको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -