शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
24.3 C
Birgunj

जनकपुरधाम उपमहानगरपालिकाले किन्यो ९० लाखको अत्याधुनिक वारुणयन्त्र

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,३१ साउन । जनकपुरधाम उपमहानगरपालिकाले अत्याधुनिक वारुण यन्त्र खरिद गरेको छ । यस अघि उपमहानगरसँग भएका दुई वारुण यन्त्र मध्ये एक वटा मात्र चालु अवस्थामा रहेको बेलामा थप एक वटा वारुणयन्त्र खरिद गरेको जनाएको छ ।

- Advertisement -

धनुषा जिल्लामा वारुण यन्त्रको अभाव भएको वेलामा जनकपुरधाम उपमहानगरपालिकाले एक वटा वारुणयन्त्र खरिद गरेपछि जनतालाई राहत पुग्ने भएको छ । कूल ९० लाखको लागतमा खरिद गरेको वारुण यन्त्रमा पेट्रोलियम पदार्थमा आगो लागेपछि त्यसको नियन्त्रणका लागि पाँचसय लिटरको छुट्टै फोम चेम्बर रहेको जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले बताए ।

सामान्य पानीले पेट्रोलियम पदार्थको आगो नियन्त्रण कठिन भएपनि फोमले सजिलै नियन्त्रणमा लिन मिल्ने भएकाले यस पटक त्यसको पनि व्यवस्था गर्ने काम भएको उहाँले बताउनुभयो ।

- Advertisement -

गत वर्ष मात्र साउन महिनामा जनकपुरधामको उपमहानगरपालिका भन्दा २ सय मिटरको दूरीमा रहेको मिथिला डिपार्टमेन्टमा आगलागी हुँदा उपमहानगरले वारुण यन्त्र पठाउन सकेको थिएन । उपमहानगरपालिकाको वारुण यन्त्र बिग्रेकाले नेपाल प्रहरी तथा अन्य पालिकाबाट आएका वारुण यन्त्रले आगो नियन्त्रणमा लिएपनि धेरै ठूलो क्षति भएका थिए । उपमहानगरको व्यापक आलोचना पनि भएका थिए ।

जनकपुरधाम उपमहानगरपालिकाले खरिद गरेको अत्याधुनिक वारुण यन्त्रमा ६ हजार लिटरको अर्को पानी ट्याङ्की पनि रहेको छ । एक वारुण यन्त्रमा अत्यधिक प्रज्वलन पदार्थमा लाग्ने आगो नियन्त्रणका साथै सामान्य आगो नियन्त्रण गर्ने गरि दुवै सुविधा रहेको छ ।

धनुषा जिल्लामा रहेका १८ पालिका मध्ये जनकपुरधाम बाहेक अन्य तीन पालिकामा मात्र वारुण यन्त्र रहेको छ । धनुषाको क्षिरेश्वरनाथ, मिथिला तथा सवैला नगरपालिकामा मात्र वारुण यन्त्र रहेको छ । अन्य १४ पालिकामा आगो लागेको खण्डमा जनकपुरधाम उपमहानगरपालिकाका वारुण यन्त्रले नै आगो नियन्त्रणमा जाने गरेको नगरप्रमुख साहले जानकारी दिनुभयो ।

नयाँ वारुण यन्त्र आएको तर प्राविधिक परीक्षण गरेपछि दुई तीन दिनभित्रमा नै सञ्चालनमा आउने जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख साहले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -