शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

मकवानपुरमा एक युवकले काटे आफ्नै लिङ्ग !

सिफारिस

हेटौंडा । मकवानपुरमा एक जना युवकले आफ्नै संवेदनशील अङ्ग (लिङ्ग) काटेर घाइते भएका छन्। मकवानपुरगढी गाउँपालिका–७ नयाँगाउँका २२ वर्षीय नवीन हुमागाईं आफ्नो लिंग आफैले काट्दा घाइते भएको प्रहरीले जानकारी दिएको छ।

- Advertisement -

प्रहरीका अनुसार हुमागाईं बुधबार राति हेटौँडा उपमहानगरपालिका–१० बसपार्कस्थित फुलबारी होटल एण्ड लजमा बसेका थिए। होटलमा बसेकै बेला उनले आफ्नो लिङ्ग काटेको देखिएको प्रहरीले जनाएको छ।

आफ्नो संवेदनशील अङ्ग काटेर असह्य भएपछि उनी उपचारका लागि पनि आफैँ अस्पताल पुगेका थिए। उनी उपचारका लागि भनेर राति ११:४५ बजेतिर हेटौँडा अस्पताल पुगेका थिए।

- Advertisement -

अस्पताल पुगेका हुमागाईं आफूले राति १० बजेतिर आफ्नो लिङ्ग काटेको बताएका थिए। हेटौँडामा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको छ।

प्रहरीले उनी घाइते भए पनि अवस्था मध्यम रहेको जनाएको छ। प्रहरीसँगको बयानका क्रममा उनले ‘मानसिक उत्तेजना’का कारण लिङ्ग काटेको बताएका छन्। यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -