सोमवार, असार ४, २०८१
Mon, June 17, 2024

सुन तस्करी र हुण्डीको...

काठमाडाैँ,०३ असार । सुन तस्करी र हुण्डीको कारोबारमा जोडिएको आरोपमा थप एक जना...

पूर्वराष्ट्रपति विद्या भण्डरीको चीन...

काठमाडौँ,०३ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ। असार...

गौर भन्सार कर्मचारीको बदमासी,...

रौतहट,०३ असार । रौतहट सदरमुकाम गौर भन्सार कार्यालयका कर्मचारीको बदमासीले निर्धारित समय बिहान...

खेताला शिक्षक राख्ने ...

काठमाडौँ,३ असार । श्रमजित किशोर माबि लुखुशी ललितपुरमा माबी तृतीय श्रेणीका...
25.1 C
Kathmandu
37.5 C
Birgunj

सुन तस्करीमा सत्तापक्षका नेता जोगाउन प्रहरी अधिकारीको सरुवा गरियो : एमाले

सिफारिस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सरकारले आफ्ना मान्छेलाई जोगाउन सुन तस्करी छानबिनमा संलग्न प्रहरी अधिकारीहरुलाई सरुवा गरेको आरोप लगाएको छ।

- Advertisement -

एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षकै नेताहरु उक्त प्रकरणमा मुछिएपछि सरकारले उनीहरुलाई उन्मुक्ति दिनेगरी अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुलाई सरुवा गरेको बताएका हु्न्।

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग उनले केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० लगायतका सरकारी निकाय सत्तापक्षले आफ्नो इसारामा चलाउने काम भएपछि स्वतन्त्र र निष्पक्ष रुपमा सुन तस्करीको अनुसन्धान गर्ला भन्ने नलागेको जिकिर गरे।

- Advertisement -

सचेतक बर्तौलाले सुन तस्करीका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने आफ्नो पार्टीको मागको औचित्य झनै पुष्टि भएर गएको दाबी गर्दै त्यसबाट पछि हट्न नसकिने अडान दोहोर्‍याए।

‘उच्चस्तरीय छानबिन समितिको माग अझै बढेर गएको छ। तपाईंहरु सबैले देखिरहनुभएको छ। समाचार प्रकाशन, प्रशारण भइराखेको छ। अनुसन्धानको तहमा क्रियाशील भएका प्रहरी अधिकारीलाई एकपछि अर्को सरुवा गरिएको छ’, उनले भने, ‘अनुसन्धानको सुई जब सत्तापक्ष व्यक्तिहरुतर्फ सोझिन थाल्यो, त्यसपछि सत्ता घटक प्रहरी अधिकारीलाई सरुवा गर्न लाग्यो। यसले के देखाउँछ भने राज्य मातहतका निकायबाट सीआआईबी निष्पक्ष, स्वतन्त्र ढंगले काम गर्न भइरहेको छैन।’

सरकारले आफ्नो उद्देश्य र अभिष्ट साँध्नका लागि त्यस बमोजिम काम गरिराखेको देखिएको पनि उनले बताए।

‘त्यसकारण नेकपा एमालेले सुन तस्करसँग जोडिएको, यी तस्करका समग्र जालोलाई समाप्त पार्नुपर्छ भन्ने कोणबाट उठाएको यो माग हाम्रो जारी छ। हामी यो मागबाट फिर्ता हुँदैनौँ’, उनले भने।

सचेतक बर्तौलाले एमालेले संसद बैठक अवरुद्ध नपार्ने तर सुन तस्करीको अनुसन्धानलाई स्वतन्त्र र निष्पक्ष रुपमा अघि बढाउन उच्चस्तरीय समिति बन्नुपर्ने बताए।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार