बिहिबार, साउन १०, २०८१
Thu, July 25, 2024

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा...

१० साउन, रौतहट । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त भएका छन्...

सभामुख घिमिरे : संघीयताविरूद्ध...

हेटौंडा,१० साउन । सभामुख देवराज घिमिरेले संघीयताविरूद्ध आवाज उठिरहेकाले संविधान संशोधनको बहस...

सय फिट उडेपछि जहाज...

काठमाडौं,१० साउन । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले बुधबार भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा...

अधिकृत, नासु र खरिदारको...

काठमाडौं,१० साउन । लोकसेवा आयोगले लिने लिखित परीक्षाको प्रारम्भिक चरणको प्रथम पत्र र...
26.1 C
Kathmandu
32.9 C
Birgunj

१० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

सिफारिस

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ। सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले आइतबार ६ वर्षे अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो।

- Advertisement -

बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था र सर्वसाधारण नागरिकसमेतले विकास ऋणपत्र खरिद गर्न सक्नेछन्। यो ऋणपत्रको ब्याजदर बोलकबोलका माध्यामकबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ।

यो ऋणपत्र धितो राखी कर्जासमेत लिन सकिनेछ। १० भदौ दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र ११ भदौ सोमबार निष्कासन हुनेछ। अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको साँवा भुक्तानी ११ भदौ २०८६ मा हुनेछ।

- Advertisement -

घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न पाइनेछ। यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन्।

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले प्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन्। यो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत मात्र हुनेछ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार