शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
28.1 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

आइटी क्षेत्रमा उल्लेख्य सुधार नगरी देशको विकास सम्भव छैन : मन्त्री बस्नेत

सिफारिस

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आइटी क्षेत्रमा उल्लेख्य सुधार नगरीकन देशको विकास निर्माण र उन्नति हुन नसक्ने बताएका छन् ।
आइतबार ललितपुरमा आयोजित मेरो पोषण साथी मोबाइल एपको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले संसारभर आइटी क्षेत्रमा विकास गरेका देशहरु धेरै अघि बढिरहेको उल्लेख गरे । उनले एउटा सामान्यभन्दा सामान्य सूचनादेखि लिएर महत्त्वपूर्ण सूचनाहरू एकै पटक सबैतिर छर्नुपर्ने प्रविधिको विकास हुन जरुरी रहेको बताए । उनले दुर्गममा रहेका स्वास्थ्यकर्मीहरुले पनि आइटीको माध्यमबाट धेरै कुरा सिक्न र सल्लाह लिन सक्ने उल्लेख गरे ।

- Advertisement -

मन्त्री बस्नेतले आधारभूत स्वास्थ्य, निःशुल्क उपचार र दुर्गम बस्तीमा स्वास्थ्यको पहुँच पु¥याउने कुरालाई सरकारले विशेष प्राथमिकतामा राखेर अघि बढिरहेको उल्लेख गरे । उनले आफू मन्त्री बनेको तीन महिनामा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको दाबी गरे ।

मन्त्री बस्नेतले सबै मिलेर स्वास्थ्य क्षेत्रमा काम गर्ने हो भने ५ वर्ष भित्रमा देशमा स्वास्थ्य क्षेत्रमा कायापलट गर्न सकिने दाबी गरे ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -