शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
24.9 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

स्थापना दिवसको अवसरमा समाजवादी प्रेस संगठन पर्साद्वारा दीप प्रज्वलन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१० भदौ –  समाजवादी प्रेस संगठन नेपालले आफ्नो स्थापना दिवस देशैभरी बिभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । यसै बचि संठगनको मधेश प्रदेश प्रदेश कमिटिले जनकपुरधाम एवं पर्सा शाखा कमिटीले बीरगन्जमा प्रभातफेरी,फलफुल बितरण एंव दीप प्रज्वलित लगायतको कार्यक्रमको आयोजना गरेको छ ।

- Advertisement -

समाजवादी प्रेस संगठन नेपाल पर्सा शाखाले संगठनको दोस्रो स्थापना दिवसको अवसरमा बीरगन्जको घण्टाघरमा दीप प्रज्वलन गरेको छ । समाजवादी प्रेस संगठन पर्साको अध्यक्ष मनोज पटेलको अध्यक्षता नेकपा एकिकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापाको प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रममा नेकपा एकिकृत समाजवादी पार्टी बीरगन्ज महानगर कमिटी अध्यक्ष मनोज चौधरी,दलित मुक्ति संगठन पर्साका अध्यक्ष सुशिल हजरा,समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सचिव बृजलाल पासवान,संगठन पर्साका उपाध्यक्ष शम्भु कुमार सुमन,सहसचिव बिनोद पटेल,कोषाध्यक्ष हरिशंकर शर्मा,कार्यसमिति सदस्यहरु संतोष साह,सरोज पटेल, श्रवण साह, पत्रकार दिपु बर्णवाल,प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे लगायतको उपस्थिती रहेको थियो ।

- Advertisement -

दीप प्रज्वलनपछि आयोजना गरिएको कोण सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिती बालगोपाल थापाले पत्रकारहरुले सत्य तथ्यमा आधारित रहेर कलम चलाएको खण्डमा मात्र देशमा विकास र सुशासन कायम हुने बताए । त्यसैगरी एकिकृत समाजवादी पार्टीका बीरगन्ज महानगर अध्यक्ष मनोज चौधरीले पत्रकारको सहयोग र साथबाट मात्र समाजवाद सम्भव रहेको चर्चा गर्दै जनताको न्यायको पक्षमा पत्रकारहरु निडर भएर कलम चलाउनु पर्ने बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -